वर्षेनी सयभन्दा बढी मानिस हराउँछन्

0
Shares

 

अनिल खत्री, गुल्मी
गुल्मीबाट झन्डै १ सय मानिस हराउने गरेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीको गत तीन वर्षको तथ्यांकअनुसार वर्षेनी महिला, पुरुष, बालबालिका हराउने गरेका छन्। आर्थिक वर्ष २०७१⁄०७२ मा ९२ महिला हराएका छन्।

आर्थिक वर्ष २०७२⁄०७३ मा ६२ जना र २०७३⁄०७४ मा जना हराएको प्रहरीको तथ्यांकमा उल्लेख छ। हराएका महिलामध्ये आर्थिक वर्ष २०७१⁄०७२ मा ३७ जना फेला परेका छन् भने ५४ जना फेला नपरेको प्रहरीलेको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७२⁄०७३ मा हराएकामध्ये २५ जना फेला परेका छन् भने ३७ जना फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आर्थिक वर्ष २०७३⁄०७४ मा ११ जना फेला परेका छन् भने ६० जना महिला अझै फेला नपरेको प्रहरीले जनाएको छ। जिल्लामा हराउने पुरुषको संख्या पनि उत्तिकै रहेको छ। आर्थिक वर्ष २०७१⁄०७२ मा १४ जना हराएका छन्। हराएकामध्ये ५ जना फेला परेका छन् भने ९ जना पुरुष अझै फेला परेका छैनन्। आर्थिक वर्ष २०७२⁄०७३ मा १७ जना पुरुष हराएका छन्। हराएकामध्ये ९ जना फेला परेका छन् भने ८ जना पुरुष अझै फेला नपरेको प्रहरीको तथ्यांकमा उल्लेख रहेको छ।

आर्थिक वर्ष २०७३⁄०७४ मा १८ जना पुरुष हराएका छन्। हराएकामध्ये ७ जना फेला परेका छन् भने ११ जना पुरुष अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। जिल्लामा वर्षेनी बालबालिका पनि हराउने गरेका छन्। आर्थिक वर्ष २०७१⁄०७२ मा ६ जना बालक हराएका छन्। हराएकामध्ये २ जना फेला परेका छन् भने ४ जना बालक फेला परेका छैनन्। सोही आर्थिक वर्षमा १९ जना बालिक हराएका छन्। हराएका बालिकामध्ये १५ जना फेला परेका छन् भने ४ जना फेला परेका छैनन्। आर्थिक वर्ष २०७२⁄०७३ मा ११ जना बालक हराएका छन्। हराएकामध्ये ५ जना फेला परेका छन् भने ६ जना फेला परेका छैनन्। सोही आर्थिक वर्षमा ६ जना बालिका हराएका छन्।

हराएकामध्ये ५ जना फेला परेको र १ जना फेला नपरेको प्रहरीको तथ्यांकमा उल्लेख रहेको छ। आर्थिक वर्ष २०७३⁄०७४ मा ११ जना बालक हराएका छन्। हराएकामध्ये ४ जना फेला परेका छन् भने ७ जना फेला परेका छैनन्। सोही आर्थिक वर्षमै १५ जना बालिका हराएका छन्।

हराएकामध्ये ५ जना फेला परेका छन् भने १० जना फेला नपरेको प्रहरीको तथ्यांकमा उल्लेख रहेको छ। हराउनेमध्ये धेरैजसो २० वर्ष देखि ३५ वर्षभित्रका रहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए। हराएकामध्ये धेरैजसो फेला परे पनि प्रहरीकहाँ जानकारी नगराउने गरेको नेपालले जानकारी दिए। ‘हराए भन्दै प्रहरीकहाँ आउँछन्’, प्रहरी नायब उपरीक्षक नेपालले भने– ‘भेटिए केहिले खबरै गर्दैनन्।’