रातभरी पशु चौपायासँग सुत्छन बाढी पिडित


सञ्जय काकी, रौतहट । पिपराभगवानपुर–१ निबासी कान्ति पासवानको सात दिन देखि सडकमा बास हुदै आएको छ । उनी आफनो स–साना नाती नातिना सहित सदरमुकाम गौर बीरेन्द्र राजमार्गको पिपराभगवानपुर स्थित सडकमा त्रिपाल टाँगेर बस्दै आएकी छिन । आफनो परिबार संग मात्र हैन उनी चौपाया बस्तु संगै सुत्न बाध्य छिन ।

उनी जस्तै रौतहटका बाढि पीडितको अबस्था यस्तै रहेको छ । पासपान झै तीन घरपरिबारको सोही सडकमै बास भएपनि अहिले सम्म उनीहरुले राहत नपाएको दुखेसो गरेका छन । बाढिले घरपुर्णरुपमा क्षती भएपछि उनीहरु जस्तै रौतहटको ३० हजार भन्दा बढि घरधुरीका तीन लाख बासिन्दा प्रभाबित बनेका छन तर राहत सामग्री बितरणको प्रभाबकारीता नहुदा दैनिक ज्यालादारी गरेर खाने बाढि पीडितको कन्त बिजोग भएको छ । उनीहरु भन्छन साहुका पनि काम पाईदैन अहिले देखिनै ऋण लिएर आफनो बालबच्चा सहितको ज्यान जोगाउदै आएका छौ । पासवानले मात्रै छिमेकी साहु रामबाबु यादब संग चामल सहित एक हजार ऋण लिईसकेको बताउनु हुन्छ ।

उनी जस्तै सदरमुकाम गौरमा राहत पाईन्छ भनेर दुई बर्षे छोरा च्यापेर दिनभर लाईन बसेकी गौर–१ की रजन देबी राज्य प्रति उदासिन रहेकी छिन । उनी भन्छिन अहिले सम्म केही सहयोग पाएकी छौन । अब कसरी बाच्नु, आफनो र परिबारको अबस्था दयनिय रहेको छ । उता लक्ष्मिपुर बेलबिछवाका जयमङ्गल राय यादबले भने प्रशासनले तीन दिन अघि एक किलो चिउरा, दालमुट, बिस्कुट–१ र पानीको बोतल एउटा दिएपछि बस्तिमानै नआएको बताउनु हुन्छ । बाढि बाट पाँच सय ७८ घरधुरी पीडित भएपनि प्रशासनले आधा लाई मात्र दिएको बताउनु हुन्छ ।

उहाँ भन्नु हुन्छ ओत लाग्नको लागि एउटा त्रिपाल समेत पाएका छैनौ । बाढिपीडितहरु दिनमा राहतको लागि भौतारिएपनि रातमा पशु चौपाया संगै सुत्न बाध्य रहेका छन । रौतहटका बाढिपीडितहरुको बस्तीहरुको चारैतिर अहिलेपनि जलमग्न छ । घरहरु भत्किएर बिस्थापित भएका छन । सडकमानै त्रिपाल टागेपनि पशु चौपाया संगै आफु परि रहन र सुत्न बाध्य रहेको नेपाल रेडक्रस सोसाईटी लक्ष्मिपुर बेलबिछवाका उपसभापती राम बिलास साहले बताउनु भयो ।