महोत्तरीमा थप एकजनाको ज्यान गयो

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीमा बाढीले थप एकको मृत्यु भएको छ । महोत्तरीको मनरा गाउँपालिका अन्र्तगत झिंगास्थान नदीमा तैरिरहेको अवस्थामा अन्दाजी ५० वर्ष युवकको शव फेला परेको छ । मृतकको पहिचान अझसम्म खुल्न सकेको छैन ।

यस अघि भंगहा ७ स्थित बाढीको पानीमा विधुतको नांगो तारका कारणले करेन्ट लागेर ४० वर्षीय महेश सिंह, धनुषा घर भई जलेश्वर ८ बजराही छोरीको घर आएका ६५ वर्षिय शिव महरा, लोहारपटटी १ मा वाढीमा वेपता भएका इन्दल महरा र जलेश्वर २ खैराचोकका १५ वर्षिय विक्की कुमार ठाकुरको मृत्यु भैसकेको छ । त्यस्तै वाढीमा वगेर वेपता भएका थप एकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

हालसम्म महोत्तरीमा बाढीका कारण पाँच जनाको मृत्यु भईसकेको छ भने ४ सय ३७ जनाको घर पूर्ण क्षति भइसकेको प्रहरीको तथ्यांक छ ।