एक टुक्रा औषधी नखाई १०४ बर्ष बाँचेकी लालमाया तामाङ

0
Shares

गणेश साम्पाङ, पाँचथर ।
घरको आगनमा सुकाएको धान हातले छामेर थुन्चेमा उठाइन, सिकुवामा धान राखेर घर भित्र पसिन अनि खाना पकाउने मेलो मेसोमा जुटिन एक सय ४ बर्षिया लालमाया तामाङ ।

पाँचथरको साबिक चोकमागु ९ हाल फिदिम नपा ५ सरसिउँला गाउँका बृद्धा तामाङ अहिले एक सय ४ बर्ष पुगिन । यतिको उमेरमा पनि उनी आपैm तरकारी काट्छिन घर बढारछिन खाना पकाउँछिन । यी सब काम यिनी हातले छामेर गर्छिन अहिले पनि । म जन्मेको साल थाहा छैन भदौ महिनामा अरे आमाले भनेको सुनेको उनी भन्छिन ।

२०९० सालको महाभुकम्प गएको बेलामा भूकम्पले हल्लाएर घर भित्रै लडेको याद स्मरण गर्ने तामाङको जन्म भने १९७० सालमा भएको भए पनि उनको नागरिकतामा भने १९७१ साल रहेको सो वडाका वडा नागरिक मञ्चका पुर्व संयोजक सिमा तुम्बापो बताउनु हुन्छ ।

सामान्य मानिस स्वास्थ्य समस्या लिएर बर्षमा २/३ पटक अस्पताल वा किलिनिक सम्म जान्छन । तर जीवन भर एक ट्याबलेट सिटामोल नखाई एक सय ४ बर्ष बाँच्नु आधुनिक चिकित्सा बिज्ञानलाई चुनौतीको रुपमा लिन सकिन्छ । मैले अहिले सम्म एक दाना ओखती खाएको छैन सूई त झन सम्झन्दै डर लाग्छ त्यसैले अस्पताल देखेको छैन वहाँ भन्नु हुन्छ ।

अहिले सम्म हजुरआमाले औषधी खानु भएको मलाई थाहा छैन, साह्रै प¥यो भने धामी कहाँ जानु हुन्थ्यो त्यति धेरै बिरामी पनि हुनु भएको थाहा छैन नातिनी शान्ति तामाङ भन्नुहुन्छ ।
जीवनमा एक पटक पनि मोटर नचढेको बताउने तामाङ अहिले सम्म जुत्ता चप्पल नगाएको छैन म खाली खुट्टामै दुलही बनेको थिएँ वहाँ भन्नुहुन्छ ।

जीवनभर कुनै औषधी नै नखाई बाँच्नु निकै अनौठो नै हो जब मानिसको शरिर भित्र रहेका प्रतिरक्षा प्रणालीले काम गर्न सक्दैन अनि बिरामी हुन्छ अहिले सम्म औषधी नै नखाई सय बर्ष बाच्नुले उनको स्वास्थ्य अबस्था राम्रो रहेको मान्न सकिन्छ जिल्ला अस्पताल पाँचथरका प्रमुख डा पवनकुमार शाह भन्नु हुन्छ ।

२०१२ सालमा श्रीमानको मृत्यु भए पछि एक मात्र छोरा सिंहबीर तामाङ संग बस्दै आउनु भएका तामाङ सरकारले दिएको बृद्धा भत्ता किन दिएको अरुको सितैमा केही पनि खानु हुदैन पाप लाग्छ वहाँ भन्नुहुन्छ । धेरै बाँच्नु राम्रो होइन रहेछ बुढो भए पछि आँखा देखिन्दैन आँखा नदेखे पछि अबजस आउँछ म भात तिहुन पकाउँछु तर आखा देख्दिन भातमा ढुगां पर्छ किरा पर्छ तर रिसाउनु पाइन्दैन वहाँ भन्नु हुन्छ ।
गाउँमा थुप्रै पटक बृद्ध नागरिकको रुपमा सम्मान भइ सक्नु भएकी तामाङ आफुलाई हेर्न आउने सबैलाई अाँखादेख्ने गरी मात्र बाँच्नु भन्ने आर्शिबाद दिनुहुन्छ ।