अभिभावकले शिक्षक कुटे

0
Shares

अनिल खत्री, गुल्मी । मुसिकोट नगरपालिका वडा नं. ४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका शिक्षक विक्रम लिम्वुलाई सोहि विद्यालयका अभिभावकले कुटेका छन् ।

प्रधानाध्यापक सिता कार्किका अनुसार सोहि स्थानका राजेन्द्र राना कुमालले लिम्बुलाई कुटेका हुन् ।

पटक पटक विद्यालयमा समस्या थप्न खोज्ने अभिभावक समेत रहेका राजेन्द्रले विद्यालयमै कार्यरत शिक्षकलाई निर्घात कुटपिट गरेको कार्किले वताइन् ।

शिक्षक विक्रमले विद्यालयमा पढ्ने भान्जिलाई किन गतिलो गरि नपढाएको भन्दै कुटेको आरोप लगाएका छन् । राजेन्द्र विरुद्ध प्रहरी चौकी वामीमा उजुरी गरिएको विद्यालयले जनाएको छ ।
शिक्षक संगठन ध्यानाकर्षण
नेपाल राष्ट्रिय शिक्षक संगठन मुसिकोट नगरकमिटि गुल्मीले एक विज्ञप्ती जारी गर्दै दिगामचौर प्राविका शिक्षक विक्रम लिम्बुलाई सोहि स्थानका राजेन्द्र राना कुमालले कुटेको घटनाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विद्यालयको पोसाकमा रहेको शिक्षकलाई घरजाने क्रममै वाटोमा कुटिनु निन्दनिय खेदजनक रहेको विज्ञप्तीमा उल्लेख छ ।

संगठनका अध्यक्ष राम वहादुर थापाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा जिल्ला शिक्षा कार्यालय, शिक्षक युनियन र शिक्षकका सवै पेशागत संघ संगठनलाई शिक्षक प्रति गरिएको भौतिक आक्रमणको विरुद्ध बुलन्द आवाज उठाउन आहन गरेका छन ।

विज्ञप्तीमा घाइते लिम्बु प्रति सहानुभुति प्रकट गरिएको छ । दोसीलाई कडा कार्वाहि गर्न प्रशासन समक्ष माग गरिएको छ ।