बाढीका कारण झापामा थप एकको मृत्यु

0
Shares

 

सुरुङ्गा (झापा), ३२ साउन । झापाको बाह्रदशी गाउँपालिका–२ राजगढको किसान बस्तीका मसुद मियाँका १६ वर्षीय छोरा साहिल मियाँको आज डुबेर मृत्यु भएको छ ।

बस्तु चराउन गएका उनको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको बाह्रदशी गाउँपालिका वडा नं २ का अध्यक्ष यादव मिश्रले जानकारी दिनुभयो । बस्तु चराउन जाँदै गर्दा साहिल खाल्डोमा जमेको पानीमा डुबेको देखेपछि स्थानीयवासीले तत्काल उनको उद्धार गरेर बिर्तामोडस्थित बिएण्डसी हस्पिटल पु¥याए पनि उनको उपचारकै क्रममा मृत्यु भएको मिश्रले बताउनुभयो ।

उनी स्थानीय दिव्यज्योति माविमा कक्षा ९ मा अध्ययनरत थिए । योसँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ भने अझै चार जना बेपत्ता छन् । रासस