पहिरो हटाउँदै स्थानीय सरकार

0
Shares

सरिता चलाउने, सल्यान ।
केहि दिन अघि परेको अविरल वर्षापछि विभिन्न स्थानमा क्षती भएपछि सल्यानका स्थानीय सरकार क्षती विवरण संकलन, राहात वितरण तथा पुनःनिर्माणमा लागेका छन् । वर्षापछिको पहिरोले सडकहरु अवरुद्ध भएपछि ती सडक संचालनका लागी स्थानीय सरकार सक्रिय भएर लागेका छन् ।

यस्तै वर्षापछिको बाढिले खेतीयोग्य समिन कटान संगै वालीनालीमा ठूलो क्षती पु¥याएपछि स्थानीय सरकारका जनप्रतिनिधीहरुले आवश्यक कदम चालेको जनाएका छन् । सल्यानको कालिमाटी गाउँपालिकामा क्षतीको विवरण संकलन र सडक सुचारुका लागी आफुले पहल थालेको गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले जनाएका छन् । उनका अनुसार त्यहाँ शारदा नदिले कालिमाटि क्षेत्र र दम्दुवालि क्षेत्रमा, जुम खोलाले काल्चे क्षेत्र र बबइ नदिले घुइयाबारि क्षेत्रमा खेतीयोग्य जमिन कटान संगै धानबालि पुरेको छ भने खेत सम्म पुग्ने कुलो, नहर पनि भत्काएको छ ।

गाउँपालिका प्रमुख खत्रीले भने– ‘क्षतीको विवरण संकलन कार्य चलिरहेको छ । हामी अव तत्काल आपतकालिन बैठक बोलाएर पिडितलाइ कसरि राहात उपलव्ध गराउन सकिन्छ भन्ने ठोस निर्णय गर्नेछौं ।’ यस्तै कालिमाटिबाट सल्यान सदरमुकाम खलंगा जोड्ने र कालिमाटीबाट दाङ जोड्ने सडक ठाउँठाउँमा पहिरो झरेर अवरुद्ध भएको हुँदा गाउँपालिकाले पहिरो हटाउने काम गरिरहेको उनले जनाएका छन् ।

यस्तै व्यवशायीक रुपमै वेमौषमी तरकारि खेतीमा लागेका कपुरकोट क्षेत्रका किसानको उत्पादन ग्रमीण सडक अवरुद्ध हुँदा खेतबारिमै कुहिने अवस्था आउने भएपछि गाउँपालिका प्रमुख भिम बहादुर सेनले सडक खुलाउन पहल थालेका छन् । पहिरोले गाउँपालिकाभरिकै सडकहरु अवरुद्ध पारेपछि सडक सूचारु गर्ने काम चलिरहेको प्रमुख सेनले जनाएका छन् ।
गाउँपालिका प्रमुख सेन र कार्यकारि अधिकृत रेमन्त डागीले विभिन्न सडकको स्थलगत अनुगमन गर्दै अवरुद्ध सडक संचालनको पहल लिएका हुन् । कपुरकोट खालि बजार हुँदै सल्लाम जोड्ने मोटरबाटो, कपुरकोट दानवाङ हुँदै गोठिवन जोड्ने बाटो र सोलावाङ रिम हुँदै कोइला जोड्ने मोटरबाटोमा झरेको पहिरो हटाइसकिएको गाउँपालिका प्रमुख सेनले जनाए । यस्तै कपुरकोट धनवाङ हुँदै गाँडापानी जोड्ने मोटरबाटो संचालनका लागी पनि बुधबारबाट पहिरो हटाउने कार्य शुरु गरिएको उनले जनाए ।

 

किसानहरुले मोटरबाटो अवरुद्ध हुँदा तरकारि बजार सम्म लग्न नपाउँदा लाखौंको घाटा हुने जनाएका छन् । जनप्रतिनिधीप्रति नागरिकको धेरै आशा र अपेक्षा रहेको पाइन्छ । र सल्यानका स्थानीय सरकारले थालेको पहलले नागरिकलाइ केहि हद सम्म सम्बोधन गरेको देखिएको छ ।