निर्णय प्रकृयामा महिलाको सहभागितामा खोई ?

0
Shares

नेपाल समाचारदाता, मुगु । गाउँदेखि जिल्ला स्तरसम्म गठन हुने बिभिन्न समितिहरुमा महिलाहरुलाई महिला सदस्य र कोषाअध्यक्ष सम्मका पदमा राख्ने गरिएपनि निर्णय एवम् राय लिने क्रममा महिलालाई बेवास्ता गर्ने गरेको महिला अगुवाहरुको गुनासो रहेको छ ।

महिलाहरु चूलो चौकोमै सिमित राखिएको योजनाको उपभोक्ता समिति र ब्यबस्थापन समितिमा आफुहरु लाई कुरै प्रष्ट नगरार्ई दस्तखत मात्र गराउँने निर्णय एवम् राय लिने तहका कुनैपनी निकायमा पुग्न नदिई बेवास्ता गर्ने गरेको ग्रामिण भेगका महिलाहरुले बताउने गरेका हुन ।

ग्रामिण भेगमा आउने भौतिक निर्माणका योजना होस या अन्य सामजीक कार्य गर्दा होस कुनै कार्यक्रममा पनि महिलाहरु लाई निर्णय र राय दिने लिने स्थानमा पुग्न सक्ने महिलाहरु लाई सहभागि हुने ईच्छा भएपनि आफुहरु लाई सदस्य सम्म मात्र राख्ने गरेको बिजय मा.बि कालै कि बिध्यालय ब्यब्स्थापन समितिकी सदस्य खुम्यानि जैसीले कर्णाली कचहरी कार्यक्रममा गुनासो पोखेकी हुन ।

महिला अगुवा भनेर बर्षेनी एउटैले अबसर पाएको गाबिसबाट महिलाकोलागि छुटयाईएको १ लाख ७५ हजारको रकम समेत केही गाबिसले नै दिईएन भने केही रकम वडाका महिला अध्यक्ष भनेर गमगढिमा गठन गरी कुनै कुनै महिलाले पैसा पाए होलान तर हामी जस्ता निमूखा महिलालाई कसले हेरुन सोरु गाउँ पालिका वडा नं. १० ऐना जैसीले धक मेटाएरै कार्यक्रममा मुख खोलेकी थिईन ।

सरकारले ५० प्रतिशत महिलाको नाममा हुने घरजग्गा पास शुल्कमा छुट दिने निर्णय भए पनि महिलाको नाममा घर जग्गा पास पर्न घर परिवारले नमान्ने त्यस्तै सरकारी एवमं गैरसरकारी निकायले संचालन गरेका बिभिन्न खाले कार्यक्रमले पन प्रभाव नर्पादा ग्रामिण भेगका महिलामा निर्णयार्थमा पुराउनका लागी समस्या देखिएको सोरु गाउँ पालिकाकी उपाध्यक्ष राज्यलक्ष्मि मल्लले बताएकी छिन ।

किर्डाक मुगुको सहयोगमा संचालन भएको स्थानिय बिकास योजना तर्जुमा प्रकृयामा महिलाको सहभागिता बृद्धि कार्यक्रम अन्त्रर्गत कर्णाली कचहरी कार्यक्रमको सार्वजविक सुनुवाई सोरु गाउँ पालिको वडा नं. ८, ९, १०, ११ मा संचालन गर्दा त्यहाँका महिलाहरुले आफुहरु सरकारी तथा गैर सरकारी निकायले संचालन गरेका सबै खाले कार्यक्रमका समिति तथा समुहको अध्यक्षमा पुरुषहरुले पुग्न नदिएको बताएका थिए ।