पाल्पामा नेपाली अंग्रेज युद्धको सम्झना 

0
Shares

कविराज नेपाल, पाल्पा ।   नेपाली वीरको गाथा र गौरवका रुपमा लिइने नेपाल अंग्रेज युद्धको सम्झना अनि त्यही युद्धमा नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा मंगलवार  वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ । तत्कालीन पाल्पा गौंडाका कर्णेल उजिरसिंह थापाले नेपाल अंग्रेजको जीतगढी युद्धमा विजय प्राप्त होस भनि भाकल गरेको र विजय प्राप्त गरेपछि सुरुवात भएको भगवति जात्रा सम्पन्न भएको हो  । नेपाल अंग्रज युद्धसंग जोडिएको र वीरताको प्रतिकका रुपमा प्रत्येक वर्ष मनाइने पश्चिमाञ्चल क्षेत्रकै सवै भन्दा ठूलो जात्रा श्री ७ रण उज्ज्ोश्वरी भगवति जात्रा सोमवार पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भव्यताका साथ सम्पन्न भएको हो  ।

ऐतिहासिक पाल्पा गौंडा र तत्कालीन नेपाल अंग्रेज युद्धमा विजयोल्लास स्वरुप सुरुवात भएको भनिने पाल्पाको ऐतिहासिक भगवती जात्रालाई पाल्पाको गौरव र महत्वपूर्ण उत्सवको रुपमा लिइन्छ । तत्कालीन पाल्पा गौंडाका कर्णेल उजिरसिंह थापाले नेपाल अंग्रेजको जीतगढी युद्धमा विजय प्राप्त गरेपछि त्यसैको उत्सवको रुपमा यो जात्रा मनाउन लागिएको ईतिहासविदको भनाइ छ  । तत्कालीन जितगढीको युद्धका लागि दलवल सहित तानसेन देखि हिंड्नु अघि कर्नेल उजिरसिंह थापाले तानसेन दरबार छेवैमा रहेको भगवतीको प्रतिमा अगाडि उभिएर “अंग्रेजलाई जितेर फर्केमा जीर्ण मन्दिरको जिर्णाेद्वार गर्नुका साथै अविर जात्राको परम्परा बसाल्ने भाकल गरेका थिए ।” छ महिना सम्मको जितगढीको युद्धपछि आफ्नो पल्टनलाई सुरक्षित मूकाम फिर्ता ल्याई भगवतीको नवनिर्मित मूर्ति प्रतिष्ठापित गरी जात्राको परम्परा चलाएको भन्ने “पाल्पाको भगवती जात्रा” इतिहासकार डा. कर्णबहादुर बानियाद्वारा लिखित नामक किताबमा उल्लेख गरेको पाइन्छ ।

पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं. १८७१÷०७२ मा बुटवलको जीतगढीमा भएको अग्रेजसँंगको युद्धमा विजय हासिल गरेको थियो । यहि सम्झनामा वि.सं.१८७७ देखी निरन्तर रुपमा प्रत्येक बर्ष पाल्पामा विजयउत्सव मनाउने परम्परा चल्दै आएको छ । घरेलु हात हतियार, सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर ंिसहं थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । दुई पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा बिजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखी ७६ सम्म मन्दिर निर्माण गरी भगवति जात्रा मनाउन थालिएको थियो ।

विजय उत्सव प्रत्येक बर्ष भाद्र कृष्ण नवमीको दिन भगवतिको रथजात्राको सञ्चालन हुँदै आएको छ । यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । अंगे्रज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजय गरेको इतिहास छ ।

भगवती जात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमी साँझदेखि नै जाग्रामबसी नवमीको दिन दिउँसोस्थानीय भगवती मन्दिरदेखि रथयात्रा सुरु गएिको थियो भने  रणउजिरेश्वरी भगवतीको रथले तानसेन नगरका विभिन्न स्थानहरूमा भोग, बली र फूल प्रसाद ग्रहण गरी साँझ मन्दिरमै बिसर्जन गर्ने परम्परा अनुसार विर्सजन भएको थियो । रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शिक्षण संस्थाका विद्यार्थी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, स्थानीय नरनारी भक्तजनहरूको लामबद्ध हुने रुपमा सहभागी हुने परम्परा अनुसार उनीहरु उल्लासमय वातावरणमा जात्रामा सहभागि भएका थिए ।

जात्रा हेर्नकै लागि भनेर मंगलवार पाल्पा जिल्ला र छिमेकी जिल्लावाट ठूलो संख्यामा भक्तजनहरु आएका थिए । मन्दिरबाट निकालिएको रथयात्रा नगरका विभिन्न भागको परिक्रमा गराइएको थियो । यस अवसरमा भगवतिको जयजयकार गरिएको थियो । यस अवसरमा तानसेनमा ठूलो मेलाको रौनक थियो ।