धुमधामका साथ मुगुमा गाई जात्रा

0
Shares

बीरबहादुर बम, मुगु ।
विगत दुई तिन वर्ष स्थगित भएको गाईजात्रा यो वर्ष पनि धुमधामका साथ मनाईउदै सोमबार सकिएको छ ।
साउन २४ गते देखि सुरु भएको जात्रामा लाखे नाच , रोपाई जात्रा, पल्टन जात्रा लगायतका जात्राहरु गरि आईतवार बजारमा गाई जात्रा निकालि सोमबार राती १२ वजे कृष्ण जन्माएर मंगलबार दिउँसो कृष्ण जन्मेको खुसियाली सहित बजार परिक्रमा गरे पछि गमगढीमा रहेको महाकाली माध्याकि विद्यालयको चौरमा पुगेर आफ्नै भान्जा कृष्णलाई मार्न खोजेका कंशलाई बालक कंशले नै बध गरि यस वर्षको गाई जात्रा सम्पन्न भएको हो ।

राजा प्रताप मल्लको नाबाला छोरा मर्दा रानीले अत्यन्तै विलाप गर्न लागे पछि प्रताव मल्लकै सल्लाहमा उनकै घरबाट जात्रा निकाले पछि त्यो चलन यहाँसम्म आई पुगेको हो ।

जात्राको सुरुवात भएको धेरै वर्ष पछि नेपाली भरि मनाउने गरिदै आएको छ भने पछिल्लो समयमा मुगुमा समेत सबै जात जातीका समुदायले जात्रा मनाउन थालेका छन ।

सदरमुकाम गमगढीमा सोमाबर राति १२ बजे कृष्णा मन्दिरमा भगवान कृष्णाको जन्म मनाई गाईजात्रको अन्तिम दिन मगलबार सदरमुकाम गमगढीमा कृष्णाका मामा कंसको बध गरेर यो बर्षको जात्र सम्पन्न भएको छ । जात्राको अन्तिम दिन जात्र हेर्न जिल्ला भित्रका स्थानिय र छिमेकि जिल्लाहरु बाट समेत गरेर २ हजार भन्दा बढी सर्बसाधरणको उपस्थित रहेको थियो ।