पहिरोले सदरमुकै ५ पक्की घर जोखिममा

0
Shares

अनिल खत्री, गुल्मी । अबिरल वर्षा सगै गुल्मीको सदरमुकाम नजिकै ५ वटा घर जोखिममा परेका छन् । निर्माणधिन तम्घास खाम्से पानी सड्क खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर ७ स्थित बेतुखर्कको घरमुनीबाट पहिरो जाँदा उक्त घर जोखिममा परेका हुन् । सड्क बिस्तारको क्रममा बाटाको अबस्था नहेरी चौडा पार्ने कामले घर जोखिममा परेको स्थानियको भनाइ रहेको छ ।
सड्क बिस्तारको क्रममा गत वर्षको जेठमै सुख्खा पहिरोबाट सामान्य जोखिममा रहेका उक्त घरहरुले वर्षात सगै पुन पहिरो गएपछी थप जोखिममा परेका हुन् । पहिरोबाट पदमबहादुर बिष्ट, लक्ष्मी कुवँर, जितेन्द्र भुसाल, धनिश्वर पाण्डेय, युवराज खनालको घर जोखिममा परेका छन् ।
जोखिममा परेका ५ घर मध्ये पदम बिष्टको घर उच्च जोखिममा परेको छ । उनको तिन तले पक्की घर पछाडीबाट पहिरो गएपछी जोखिममा परेको हो । सड्क निर्माण कम्पनीलाई पटक पटक आग्रह गरे पहिरो पिडित पदमले भने ‘कुनै सुनुवाई नै भएन् ।’
सामान्य पहिरो गएकै अबस्थामा प्रशासन, सड्कमा निबेदन पनि दिएको हुँ उनले भने ‘कतैबाट सुनुवाई नै भएन् ।’ निर्माधिन सड्कले उक्त स्थानबाट थप गिटी वालुवाको लोभले चाहिने भन्दा पनि वढी बाटो कटौती गर्नाले पहिरो गएको बिष्टको भनाई रहेको छ । निर्माधिन तम्घास नेटाको अर्को सड्कको पनि नाली सोहि स्थानबाटै बग्दै आएकोले पनि थप पहिरो गएको बिष्टले बताए । पहिरोले घर जोखिममा बनाएपछी बिष्ट परिवार अनेत्र सरेका छन् भने अन्य ४ घर सोहि घरमै बस्दै आएका छन् । निर्माणधिन तम्घास खाम्सेपानी सड्क लोहोनी कन्टक्सनले दुइ वर्ष अघिबाट निर्माण कार्य गर्दै आएको छ ।
पहिरो गएको स्थानमा सदरमुकाम तम्घासको फोहोर फाल्ने स्थान सगै रहेको छ । सोहि स्थानबाट खानेपाीको पम्पीङ्ग समेत गरिएको छ । ठुलै पहिरो गए सयौं घर खानेपानीबाट प्रभावित समेत हुनेछन् ।
उच्च स्तारीय टोलीको अनुगमन
अबिरल वर्षा सगै गएको पहिरोको जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांना, स्थानिय बिकास अधिकारी,कल्पना श्रेष्ठ, प्रहरी उपरिक्षक अनुराग दुबेदी, जिल्ला वन अधिकृत बिशाल घिमिरे, भुसंरक्षण अधिकृत,नेपाली सेनाका प्रमुख, शसस्त्र प्रहरी वलका प्रमुख सहित बिभिन्न कार्यालयका प्रमुखहरुले अनुगमन गरेका छन् । अनुगमन पछी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांनाले तत्काल सो सडकमा गएको पहिरो नहटाउने बताए ।
तत्काल पहिरोले बन्द सड्क खोल्नको लागी प्रयास गरिए झनै ठुलो पहिरो जाने प्रजिअ ढुगांनाले बताए । तत्कालको लागी सोहि स्थानमा प्रयोग हुँदै आएको दम्पीङ्ग साइड जाने बाटो पनि अनेत्रबाट लैजानु पर्ने ढुगांनालेको भनाइ रहेको छ । तत्काल केहि गर्न सकिदैन् प्रजिअ ढुगांनाले भने ‘वर्षात रोकिए पछी केहि उपाए अपनाइनेछ ।’
पहिरो गएको स्थान अबलोकन सगै जिल्ला वन र भुसंरक्षण कार्यालयले तत्काल साहि स्थानमा थप पहिरो गए तम्घासमै खानेपानीको समस्या आउने बताएका छन् । उनिहरुले सड्क बिस्ताको क्रममा खानेपानी लगायतका मुख्य पूर्वाधारलाई ख्याल गरेर बिस्तार गर्नुपर्नेमा जोड दिए ।