रणवीर हिरोइनको ट्वाइलेटमा छिरेपछि…

0
Shares

 

आफ्नो अनौठो र अजीव व्यवहारका कारण सधैं चर्चामा रहिरहने रणवीर सिंह पुनः एकपटक चर्चामा आएका छन्। यसपटक भने उनले हिरोइनको ट्वाइलेटमा छिरेर हंगामा मच्चाएका हुन्।

तर चिन्ता नलिनुहोस्, यतिखेर सबै अक्षय कुमार र भूमि पेडनेकरको आउँदै गरेको फिल्म ट्वाइलेटः एक प्रेम कथाको प्रमोसनमा लागिरहेका छन्। यसलाई मध्यनजर गर्दै रणवीरले हिरोइनको ट्वाइलेटमा छिरेको एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्। उक्त भिडियोमा रणवीर सिंह भूमिको ट्वाइलेटमा छिर्न पुग्छन्, जब भूमि पेडनेकर आइपुग्छिन् अनि रणवीरलाई देखेर आत्तिन्छिन्। उक्त भिडियो निकै मजाको छ। रणवीर मात्र नभएर वरुण धावनले पनि यो फिल्मको प्रमोसनका लागि एउटा भिडियो पोस्ट गरेका छन्। जसरी उक्त फिल्मको प्रमोसन भइरहेको छ, यसबाट धेरैले फिल्म हिट हुने अनुमान गरेका छन्। तर यसले बक्स अफिसमा कस्तो परिणाम देखाउनेछ, त्यो भने फिल्म रिलिज भएपछि मात्र थाहा हुनेछ।