अमेरिकी पप गायक ग्लेनको निधन

0
Shares

 

अमेरिकी पप गायक ग्लेन क्याम्पबेलको ८१ वर्षको उमेरमा मंगलबार निधन भएको छ। लामो समयदेखि अल्जाइमरबाट पीडित गायकको मृत्यु भएको घोषणा उनकै अफिसियल फेसबुकको एकाउन्टबाट गरिएको हो।
उनी गायक मात्र नभएर गीतकार, संगीतकार र कलाकार पनि हुन्। आफ्नो जीवनकालमा ४ करोड ५० लाखभन्दा बढी एल्बम बेच्ने गायकका रूपमा उनलाई चिनिन्छ। सन् १९३९ मा जन्मिएका क्याम्पबेल कम समयमा नै सफल हुने गिटारिस्टका रूपमा समेत चिनिन्छन्।

सन् १९६० र ७० को दशकमा उनले आफ्नो हिट गीतबाट मात्र नभएर टेलिभिजन र फिल्मको माध्यमबाट पनि अन्तर्राष्ट्रिय पहिचान बनाएका थिए। क्याम्पबेल १० ग्रामी अवार्ड र एकेडेमी अफ कन्ट्री म्युजिकलगायत थुप्रै पुरस्कारबाट सम्मानित भएका थिए। उनलाई जेन्टल अन माई माइन्ड, आई एम नट गोन्ना मिस यु, रिनेस्टोन काउब्बाइ जस्ता एल्बमले चर्चित बनाएको थियो।