सोनाक्षी अप्ठेरोमा

0
Shares

 

बलिउड नायिका सोनाक्षी सिन्हा हालै एक सार्वजनिक समारोहमा प्रेमीका साथ देखिएकी छिन्। बलिउड नायक सलमान खानका अभिनेता भाइ अरवाज खानले मनाएको ५०औं जन्मदिनको पार्टीमा उनी प्रेमीका साथ देखिएकी हुन्।

अरवाजले बर्थडे पार्टीमा बलिउडका ठूला हस्तीहरुलाई बोलाएका थिए। त्यस अवसरमा उनकी पूर्वपत्नी मलाइका अरोरा खानदेखि सन्नी लियोनसम्मको सहभागिता थियो। उनको गेस्ट लिस्टमा सोनाक्षी पनि सामेल थिइन्। उनी पछिल्लो फिल्म नुर फ्लप भएदेखि लाइमटाइमदेखि टाढै छिन्। उनी उक्त पार्टीमा सलमानकी गर्लफ्रेन्ड लुलिया वन्तुरको साथमा देखिएकी थिइन्।

जब उनी उक्त समारोहमा पुगिन्, साह्रै अजीव स्थितिमा फस्न पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बलिउडको एक अनलाइनले जनाएअनुसार उक्त पार्टीमा सोनाक्षीको पूर्वप्रेमी बन्टी सचदेव पनि थिए। जब उनको सामुन्ने बन्टी पुगे, उनी हैरान भइन्। उनी बन्टीलाई बेवास्ता गर्न थालिन्। बन्टी सोहेल खानकी पत्नी सीमा सचदेवको भाइ हुन्। सोनाक्षी र बन्टीले एक–अर्कासँग १ वर्षसम्म डेटमा थिए। यसपछि उनीहरुको ब्रेकअप के कारणले भयो यो कुरा भने कसैले पत्ता लगाउन सकेका छैनन्। तर, जुन तरिकाले सोनाक्षीले बन्टीको बेवास्ता गरिरहेकी थिइन्, त्यो देख्दा लाग्थ्यो कि उनीहरुबीच केही नराम्रो थियो। सोनाक्षी सीमाको मिल्ने साथी हुन्। तर, उक्त समय उनी सीमासँग पनि देखिइनन्, उनी धेरैजसो समय लुलियासँगै थिइन् ।

समाचारमा उल्लेख गरिएअनुसार बन्टी सोनाक्षीको म्यानेजर थिए। उनी सोनाक्षीको फिल्म असाइनमेन्ट ह्यान्डल गर्थे। ब्रेकअपपछि भने सोनाक्षीको भाइ लव सिन्हा उनको फिल्म असाइनमेन्ट सम्हालिरहेका छन्।