वैदेशिक रोजगारीमा उल्झन

0
Shares

 

देशिक रोजगारीमा देखिएका समस्यालाई उजागर गर्दै उल्झन नामक फिल्म बन्ने भएको छ। आशुतोष फिल्म्स् प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको सोमबार राजधानीमा आयोजित एक समारोहबीच औपचारिक घोषणा गरियो।

राजु अधिकारीको कथा तथा निर्देशनमा बन्ने फिल्ममा ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दीपक ढकाल, रामचन्द्र अधिकारी, ऐनी विष्टलगायतले प्रमुख भूमिकामा अभिनय गर्नेछन् भने विशेष भूमिकामा दिनेश शर्मा र रचना पौडेल देखिने छन्। निर्देशक अधिकारीले फिल्मले एउटा युवाले विदेशमा भोग्नुपरेको पीडा र लक्ष्य प्राप्त गरेपछि स्वदेश फर्किंदा पारिवारिक सम्बन्धमा आएको दरारको व्यथा पस्कने बताए।

नायक दत्तले फिल्म वैदेशिक रोजगारीका लागि विदेशमा गएका धेरै नेपालीको कथा रहेको बताए भने नायिका रजनीले फिल्मको कथावस्तु उत्कृष्ट भएको दाबी गरिन्।

नवीन अधिकारी र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा सन्तोष अधिकारी र हरि कार्कीको पनि लगानी हुनेछ। सोमबारबाटै छायांकन गरिएको फिल्ममा लक्ष्मण घिमिरेको छायांकन, हीरामणि न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको द्वन्द्व र शिव विकको नृत्य हुनेछ।