नेपाल समाचारपत्र, काठमाडौं ।
आज भन्दा १७ बर्ष पहिले २० ७ सालमा महापुराण गरेर शुरु गरेको गाईजात्रा २०७४ सालमा आउँदा भइरल भएको छ । नेपाली कलाकारितामा निरन्तर रुपमा यसरी १७ बर्ष सम्म टिकेर गाईजात्रा निकाल्ने एकमात्र सदाबाहार गाईजात्रे भनेर कमल गाउँले अहीले नेपाली बजारमा छाएका छन । विशेष गरी कडा रुपमा राजनितिक नेतृत्वलाई ठाउँको ठाउँ दनक दिने उनको गाईजात्राको विशेषता छ ।
उनी विकृती मौलाएका सामाजिक ईश्युलाई उठाउने कुरामा पनि पछाडी छैनन । उनले आफ्ना हरेक गाईजात्रामा सबै किसिमका विकृतिलाई मजाले प्रस्तुत गरेका छन । उनले गाईजात्रामा रमाईला प्यारोडी गितको समाबेश गरेर मनोरञ्जनात्मक रुपले ब्यङ्ग्य समेत गरेका छन । उनले आफै लखेर आफै भिडियोमा खेलेर र आफै बालेर गाईजामत्रा बनाउँदै आएका छन । कलाकारीताको क्षेत्रमा लागेको साल दखीनै गाईजात्रा निकालेका कमल गाउँलले गाइजात्रा सँगै कमेडी गित तथा फिल्ममा पनि कमेडीयनको रुपमा विशेष भुमिकामा देखीने गरेका छन ।
एक हजार भन्दा बढी नेपाली गितका भिडीयोमा अभिनय गरीसकेका कमल गाउँलले तितो सत्य लगायत १ दर्जन बढी टेलिसिरीयलान अभिनय गरीरहेका छन । नेपाली फिल्म जगतमा पनि जमेर बसेका छन यतिबेला कमल गाउँले । फिल्ममा पनि कमिडीयन भूमिका पाउने कमल गाउँले हास्य ब्यङ्ग्यमा विशेशत कतै छुट्दैनन । उनि ‘कक्टेल’ मदीरा जस्तै कडा पनि छन आफ्नो विधामा । उनले नजानेका र गर्न नसक्ने कला क्षेत्रको कुनै विधा वाँकी छैन । पहिलो राष्ट्रिय मादल प्रतियोगितामा उनि फष्ट भर्खरै प्रथम भएर देखाईदिएका छन ।
केहि समय अगाडी ‘गर्नु ग¥यो बलाराम भैंसी पालेर’ बोलको गितबाट एकाएक उचाईमा पुगेका कमल गाउँले अहीले पनि बलारामको नामले नेपालका दुरदराजका मान्छेको मन मुटुमा छन । उनि फेरी अव बलाराम २ गित आफै निकाल्दै गरेको बताएका छन । उनी उक्त गितको तयारीमा लागेको समेत बताएका छन ।
हेर्नुहोस कमल गाउँलेको ‘भाईरल’











प्रतिक्रिया