जिल्ला समन्वय समिति सल्यानको उपाध्यक्षमा वुढाथोकी निर्वाचित

0
Shares

सरिता चलाउने, सल्यान ।
जिल्ला समन्वयन समिति सल्यानले पुर्णता पाएको छ ।

सहसंयोजकमा माओवादी केन्द्रका हरिप्रकाश वुढाथोकी निर्वा्चित भएपछि जिससले पूर्णता पाएको हो ।

 

सोमबार भएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सहसंयोजकमा उम्मेदवारी दर्ता गराएका कुलबहादर गिरीलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार हरिप्रकाश वुढाथोकी सहसंयोजकमा निर्वा्चित हनुभएको हो । नेपाली कांग्रसका तर्फबाट अध्यक्षका उम्मेद्धार केश बहादर बिष्ट यस अघि नै अध्यक्षमा निर्बिरोध निर्बाचित भैसक्नुभएको छ ।

आज जिल्ला विकास समिति सल्यानको सभाहलमा भएको निर्वाचनमा नेकपा एमाले उपाध्यक्षका उम्मेद्धार कुल वहादुर गिरी लाई २ मतको अन्तरले हरि प्रकाश वुढाथोकी निवाचित हुनु भएको हो । हरि वहादुर को पक्षमा ११ मत खसेको थियो भने कुल वहादुर गिरीको पक्षमा ९ मत खसेको निर्वाचन अधिकृत माधवेन्द्र राज रेग्मीले जानकारी दिनु भएको छ ।

महिला सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेद्धार देउरुपा भट्टराईले ११ मत प्राप्त गर्नु भएको छ । यस्तै माओवादी केन्द्रकै हिमा वुढाथोकीले ११ मत प्राप्त गर्नु भएको छ । एमालेको तर्फवाट आशा वुढाथोकीले ९ मत प्राप्त गरी निवाचित हुनु भएको छ ।

 

यस्तै प्रतिद्धन्दी एमालेको तर्फवाट एमालेकी पुतला खड्का रोकाय ले ८ मत प्राप्त गर्नु भएको छ भने एमालेकै हिमा वुढाथोकीले ८ मत प्राप्त गरी पराजित हुनु भएको छ । दलित अल्पसंखेक मा नेपाली कांग्रेस की सुस्मीता वुढाथोकीले १९ मत प्राप्त गरी निर्वात हुनु भएको छ ।

अन्य सदस्हरुमा नेपाली कांग्रेसका राम वहादुर खड्का, काग्रेस कै यज्ञ वहादुर चन्द,र नेकपा माओवादी केन्द्र का पोखर वहादुर खत्री निर्वाचित हुनु भएको छ ।