अरिङ्गालको टोकाईबाट एक बालकको मृत्यु, दुुई घाईते 

0
Shares

दयाराम पण्डित, बाजुरा ।   बाजुराको बुढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाईबाट आज एक बालकको मृत्यु भएको छ । सोही वडाका कर नेपालीका १३ वर्षीया छोरा रोशन नेपालीको मृत्यु भएको स्थानीय देवराज पाध्यायले बताउनु भएको छ ।

आइतबार घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेपछि घरेलु उपचारका क्रम स्वास्थ्य संस्था लिन नपाउदै मृत्यु भएको पाध्यायले जानकारी दिनुभएको छ ।

अरिङ्गालको टोकाईबाट अन्य दुई जना घाईते भएका छन् । घाईते हुनेमा ६८ वर्षीया सुन्तला देवी थापा र १२ वर्षीया सपना कुमारी थापा रहेका छन् । घाईते भएका दुवै जनालाई उपचारका लागि ब्रह्मतोला स्वास्थ्य चौकीमा लगिएको पाध्याले बताएका छन्  ।
आईबार अरिङ्गालले गाईगोरु बाख्रा समेत टोकेको बताइएको छ । मृतक बालक शिवशंकर प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत गर्दै आएको बताइएको छ ।