बिरामी श्रेष्ठलाई मञ्चको आर्थिक सहयोग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सुनापति गाउँपालिका–३ हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले राजधानीको केएमसी अस्पतालमा उपचारत सुरेश श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ ।

हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष रोज थिङको संयोजकत्वमा संकलन भएको ६५ हजार १ सय रुपैयाँ अस्पतालमै पुगेर अध्यक्ष थिङ र सुनापति गाउँपालिका–३ का वडा अध्यक्ष बाबुराम तामाङले संयुक्त रपमा हस्तान्तरण गर्नुभएको हो ।

सुनापति गाउँपालिका–३ हिलेदेवीका विभिन्न व्यक्तिहरुको सहयोगमा जम्मा भएको आर्थिक सहयोग प्रदान गरेपछि बिरामी सुरेश श्रेष्ठको बुबा डम्बरबहादुर श्रेष्ठले आफूलाई ठूलो राहत भएको बताउनुभयो ।
निधारमा पुरानो घाउको कारण समस्या भएपछि सुरेश श्रेष्ठको अप्रेसन गर्ने क्रममाा तीन लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

‘दुःखमा सानो सहयोग पनि ठूलो हुँदो रहेछ’, श्रेष्ठले भन्नुभयो,‘गाउँका दाजुभाईहरुले दुःखको बेलामा मलाई ६५ हजार रुपैयाँ सहयोग गरेर ठूलो गुण लगाउनु भो ।’

सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित जनजागृत मावि खोटपा स्वाँरामा कक्षा ८ मा अध्ययनरत श्रेष्ठले आगामी दिनमा पढेर समाज सेवामा लाग्ने लक्ष्य लिएको बताउनुभयो ।

हिलेदवी–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष रोज थिङले सबैको साथ र सहयोगमा बिरामी श्रेष्ठलाई केही सहजता होस भनेर ६५ हजार रुपैयाँ संकलन गरेर प्रदान गरिएको बताउनुभयो ।