हत्याका अभियुक्त १० वर्षपछि प्रकाउ परे

0
Shares

ललित सिहं, बझाङ । जिल्लाको बुगोल नगरपालीका २ दहवगर घरभएकी कनथरी धामी लाई हत्या गर्ने अभियुक्त प्रहरीको विषेश सुराकी बाट प्रकाउ परेका छन् । गएको १० वर्ष अगाडी २०६४ साल भाद्र २५ गते गाँउकै भाउजु नाता पर्ने कनथरी लाई हत्यागरेर फरार भएका वर्ष ४० का खडक धामी लाई प्रहरीले दार्चुलाको जेनामुनी भन्ने स्थान वाट प्रकाउ गरेको हो ।

लामो समय उनि हिमाली क्षेत्र दार्चुलाको जेनामुनी भन्ने स्थानमा बस्ने गरेका रहेछन् प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्द्रले भने यहाँ उनि कहिले भारत जाने र कहिले नेपाल बस्ने गरेका थिए रे अनुसन्धान गर्दा एकिन भएपछि उनलाई दार्चुला प्रहरीको सहयोगमा प्रकाउ गरि हिजो समातेर आज बझाड झिकाएको हो ।

३६ वर्षकी कनथरी लाई खडकले पारिवारिक विवादमा कुटपिट गरि ढुङ्गाले टाउकोमा हाने पछि मृत्यु भएकी थिईन । मृतक लाई घटना स्थलमै छोडी खडक त्यो समय देखी हाल सम्म फरार भएका थिए ।
मृतकका श्रीमान हरि धामीले घटना भएको बेलानै कर्तव्य ज्यानमा खड्क माथी मुद्दा दर्ता गरेको थियो । फरार अभियुक्त प्रकाउ परेका छन् डिएसपी चन्द्रले भने मुद्दा दर्ता भए अनुसार कानुनि कार्वाहीका लागी हामी अगाडी बढ्छौ ।