जिसस सुर्खेतमा काँग्रेसको प्यानल निर्वाचित

0
Shares

प्रकाश पन्त, बीरेन्द्रनगर ।
जिल्ला समन्वय समिति सुर्खेतमा नेपाली काँग्रेसको प्यानल निर्वाचित भएको छ ।
समन्वय समितिको प्रमुख र उपप्रमुखसहित थप सातजना सदस्यमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन ।

समन्वय समितिको प्रमुखमा छविलाल सिग्देल र उपप्रमुखमा देवी भटटराई निर्वाचित हुनु भएको छ । समन्वय समितिको महिला सदस्यहरुमा बालकुमारी पुन, रमा विसी, पुर्णा चालिसे चयन हुन भएको छ ।

 

त्यस्तै दलित अल्पसंख्यकबाट पुसे कामी र अन्यबाट विरसिंह घर्ती, बासुदेव शर्मा र तिर्थ रावल हुनु भएको छ । सोमवार भएको चुनावमा काँग्रेसका उमेदवारहरुे ११ मत र एमालेका उम्मेदवारहरुले ७ मत हासिल गरेका थिए । ९ वटा स्थानीय तह रहेको सुर्खेतमा समन्वय समितिको लागि १८ जना मतदाता थिए ।