नेस, बारा ।
पुर्वपश्चिम राजमार्गस्थित बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ दुधौरा पुल नजिक जंगलमा बदेलसंग ठोक्किदा मोटरसाइकलमा सवार एक प्रहरी आइतबार घाइते बनेका छन ।
इलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार राजमार्ग पार गर्ने क्रममा रहेको बदेलसंग ठोक्किर मोटरसाइकल पल्टिदा प्रहरी नायव उपरीक्षक सुरेश यादव लडेर घाइते बनेका हुन । उपरीक्षक यादव बा.७३ प ९९ नम्बरको मोटरसाइकलबाट वीरगंजतर्फ जादै गरेका थिए ।
पर्सा वन्यजन्तु आरक्षबाट एक्कासी निस्केको जंगली बदेलसंग ठोक्किएपछि मोटरसाइकल अनियन्त्रित भै लडेपछि उपरीक्षक यादव घाइते बनेको इप्रका सिमराका निरीक्षक गोविन्द कार्कीले जानकारी दिए । धनुषा जिल्लाको फुलगाउँ इलाका प्रहरी कार्यालयमा कार्यरत यादव सिमरास्थित अल्पाइन अस्पतालमा उपचारपछि आइतबार नै घर फर्केका प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया