आगन्तुकको तीज गीत

0
Shares

 

बयर बोटैमा, वनमा फुल्यो फूल, कुन रंगकोजस्ता पप तथा आधुनिक गीतकी चर्चित गायिका आगन्तुक खरेल नयाँ तीज गीत लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन्। गायक खरेलले बरीलै रमाइलो तीजमा बोलको तीज गीत युट्युबमार्फत् सार्वजनिक गरेकी हुन्।

संगीतकार बिजु वज्रद्वारा संगीतबद्ध तथा रचना गरिएको उक्त गीतको म्युजिक भिडियो सङ्सनेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। संगीतकार वज्रद्वारा नै निर्देशित म्युजिक भिडियोमा अभिनेत्री नम्रता सापकोटाले आकर्षक नृत्य गरेकी छिन्। भिडियोमा गायिका खरेलले पनि नृत्य गरेकी छिन्। उनलाई सुष्मा थापाले साथ दिएकी छिन्। अजय रेग्मीद्वारा छायांकन गरिएको म्युजिक भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन्।

गायिका खरेलले दुई वर्षअघि पहिलोपटक तीज गीत गाएकी थिइन्। दुई वर्षअघि उनले आऊ सँगै नाँचौं बोलको तीज गीत गाएकी थिइन्।