मनकुमारले ल्याए एल्बम

0
Shares

 

गीतकार तथा गजलकार मनकुमार लिम्बु ‘पारघारी’ एकल गीति अडियो एल्बम मनको सागरका साथ सार्वजनिक भएका छन्। मनकुमारको यो एल्बमलाई राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

तेह्र्रथुमको छथरमा जन्मिएका गीतकार मनकुमारले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेपछि भने– ‘सानैदेखिको मेरो एउटा रहर र इच्छा पूरा भएको महसुस भएको छ।’ उनले स्कुल पढ्दैदेखि गीत तथा गजलहरू लेख्ने गरेको सुनाए– ‘मेरो गीति तथा गजल सिर्जनाहरू विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यमबाट प्रकाशन एवं प्रसारण भइसकेको छ। तर, एल्बमका रूपमा मनको सागर सार्वजनिक गरेको छु।’

बुद्धिसागर खजुम निर्माता रहेको मनकुमारको एल्बम मनको सागरमा पञ्च है कन्या, बल्ल चिने जिन्दगी, हिमाल हास्छ, कर्मैले डोर्याई, पानी भर्ने पँधेरी, खोली बिस्र्यो, विषलाई पनि र अमृतमा विष तिमी ८ गीत समावेश छन्। यसका ७ गीतमा गायक तथा संगीतकार कृष्णभक्त राईको संगीत छ भने एक गीतमा अनुज कुलुङले संगीत भरेका छन्। यी गीत राजेशपायल राई, दीपक लिम्बु, मेलिना राई, मनु नेम्वाङ, समीर सिंघक, भमी थापामगर, बीबी लिम्बु र कृष्णभक्त राईले गाएका छन्।