हलिउड अभिनेता हार्डीको निधन

0
Shares

 

चर्चित हलिउड फिल्म ह्यारी पोटरलगायतका हलिउड अभिनेता रोबर्ट हार्डीको ९१ वर्षको उमेरमा निधन भएको छ। थिएटर, टेलिभिजन र टेलिभिजनमा झण्डै सात दशक बिताएका हार्डीको निधनले हलिउड फिल्म उद्योगले निकै प्रभावशाली र प्रतिभावान् कलाकार गुमाएको एजेन्सीले जनाएको छ।

ह्यारी पोटर बेलायती चर्चित लेखिका जेके रोलिङले लेखेको काल्पनिक उपन्यासमा आधारित फिल्म हो। उक्त उपन्यासले एक जादुगर युवा ह्यारी पोटर र उनका साथीहरूको जीवनको बारेमा जानकारी दिन्छ।

हार्डीले फिल्म ह्यारी पोटरमा एक जादुगरको भूमिका निर्वाह गरेका थिए, जसलाई धेरैले रुचाएका थिए। उनका परिवारले उनी एकदमै राम्रा कलाकार भएको बताएका छन्। हार्डीले अभिनयको मार्फत गरेको योगदानबापत सीबीई अवार्ड पनि जितेका छन्।