रकम लिन मानेन बार्सिलोनाले


 

लन्डन, (एजेन्सी)
बार्सिलोनासँगको सम्झौताबाट मुक्त हुन नेयमारले स्वतन्त्रता पाए। पेरिस सेन्ट जर्मेनले बार्सिलोनाले भने जति रकम २२ करोड २० लाख युरो तिर्न चेक पनि पठायो। तर, बार्सिलोनाले सो रकमको चेक लिन अस्वीकार गरेको डेली मेलमा उल्लेख गरिएको छ। स्पोर्टको वकिल हुआन डी डियोस क्रेस्पोले बिहीबार बेहानै क्लबको कार्यालयमा गएर चेक डिपोजित गर्न गएका थिए। ला लिगा क्लबका अध्यक्ष हेभिइर टेभासले फ्रेन्च क्लबमाथि खेलाडी किनबेचको नियम तोडेको आरोपमा युरो क्लबको उच्च निकाय यूएफामा अपिल गर्ने बताएको थियो।

ला लिगाको वक्तव्यमा उल्लेख गरिएको थियो– ‘हामी नेयमारको रिलिज क्लब डिपोजिट गर्न उनका वकिल ला लिगाको कार्यालयमा आएको पक्का गरेका छौं। यो अस्वीकृत पनि भएको छ। हामीले दिएको अहिलेसम्मको सूचना यति नै हो।’
‘ब्राजिलियनलाई पेरिस क्लबमा आबद्ध हुन दिउँ’, प्र्रmेन्च लिगको वक्तव्यमा भनिएको थियो– ‘हामी आश्चर्य भयौं कि ला लिगाको अस्वीकार्यमा। हामीले उनीहरूले भनेजति पैसा तिर्न गइरहेका छौं।’

यदि नेयमारलाई शुक्रबारसम्म फ्रेन्च लिगमा ल्याएमा उनले शनिबार अमिन्सविरुद्ध डेब्यु गर्न सक्नेछन्। उनलाई अस्थायीरूपमा ट्रान्सफरमा दर्ता गर्न आवश्यक रहेको छ। यसपछि मात्रै पेरिस सेन्ट जर्मेनको नयाँ सिजनको पहिलो खेलमा नेयमार खेल्न पाउनेछन्। नेयमार बुधबार पोर्टो गएका थिए। जहाँ उनले मेडिकल परीक्षणमा सहभागिता जनाएका थिए।