सुन्दरीहरु सम्मानित

0
Shares

 

काभ्रे, (नेस)। बनेपमा आयोजित एक कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ। सो अवसरमा नायिका सञ्चिता लुईटेल, पूर्व मिस नेपाल उषा खड्गी, युटिसियन डा. राजश्री श्रेष्ठ, विनु श्रेष्ठ, गायिका जुनु रिजाललगायतलाई सम्मान गरिएको हो।

आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ इन्स्टिच्युटले एक कार्यक्रमका बीच सम्मान गरेको हो। संस्थाको १४ औ वार्षिकोत्सवको अवसर पारी उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा पूर्वउद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले सम्मानित ब्यक्तिहरुलाई बधाई दिँदै ट्रेनिङ सेन्टरले प्रदान गरेको सिपबाट व्यवसायिक बनेकाहरुलाई अझै व्यवसायिक बन्न अनुरोध गरेका थिए।
प्रबन्ध निर्देशक रुस्का वैद्यले सीटीईभीटीबाट प्राप्त अनुमतिबाट विद्यार्थीलाई ब्युटिसियन सिप सिकाएर ब्यवसायिक र आत्मनिर्भर बन्न सहयोग पुर्याएको बताइन्। सोही अवसरमा समाजसेवी रामगोपाल कायश्थलाई पनि सम्मान गरिएको थियो। नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्यले ब्युटिसियनलाई पनि उद्योग र ब्यवसायका रुपमा अगाडि बढाउन सहयोग गर्ने बताए। ब्युटिसियन डा. राजश्री श्रेष्ठले ब्युटिसियन र सरोकारवालाबीचको सम्बन्ध प्रगाढ हुनुपर्ने बताए।