स्वाइनफ्लु सामान्य रुघाखोकी ?

काठमाडौं, (नेस)
यस वर्ष मात्र स्वाइनफ्लुका कारण ६ जनाको ज्यान गइसक्दा पनि स्वास्थ्य सेवा विभागका जिम्मेवार व्यक्ति भने उक्त रोग सामान्य रुघाखोकी भएको भन्दै आफ्नो कर्तव्यबाट पन्छिएका छन्।

सामान्य रुघाखोकीका कारण ६ जना नेपालीको ज्यान गएको दाबी गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक राजेन्द्र पन्तले मर्नेहरू स्वाइनफ्लुका कारणबाट नभएको पत्रकार सम्मेलन गरेर ठोकुवा गर्नुभएको छ। जनतालाई के भनेर बुझाउने त भनी पत्रकारहरूले सोधेको प्रश्नमा भने डा. पन्तले पटक–पटक दोहोर्याएर आफ्नो भनाइलाई पुष्टि गर्न खोज्नुभएको थियो।

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले पनि २ साताभित्र काठमाडौंलगायतका अस्पतालहरूमा भर्ना भई उपचार गर्दा गर्दै मृत्यु भएका ६ जना बिरामीको सामान्य रुघाखोकीका कारण भएको हो, स्वाइनफ्लुको कारण नभएको बताउनुभएको थियो। अब ती बिरामी कुन रोग लागेर मरे त? सामान्य रुघाखोकी लाग्दा मान्छे मर्छ भने यसका लागि स्वास्थ्य सेवा विभाग तथा इपिडिमियोलोजीले कसरी जनतालाई विश्वस्त पार्छ भने प्रश्न खडा भएको छ।

बुधबार मात्रै ग्रिनसीटी अस्पतालमा एक जना बिरामीको स्वाइनफ्लुकै कारण मृत्यु भएको विशेषज्ञहरूको ठम्याइ छ। डा. पन्त र डा. आचार्यले मृत्यु भएका सबै बिरामीहरूमा इन्फ्लुएन्जा एचवान एनएवान २००९ मौसमी रुघाखोकी देखिएको बताए। मान्छेबाट मान्छेमा सर्छ भनेर दाबी गरिरहँदा विशेषज्ञहरू अब बिरामीलाई के भनेर चिनाउने त भन्दै प्रश्न गरिरहेका छन्।

छिमेकी मुलुक भारतमा पनि स्वाइनफ्लुका कारण संक्रमितमध्ये ४ प्रतिशत भन्दा बढीको मृत्यु भएको देखिएको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ। ‘अहिलेसम्म कुनै पनि चिकित्सक ढुक्क भएर बिरामीलाई उपचार गर्न सक्ने अवस्थामा नहुनुको मूल कारण नै सरकारको ढुलमुले नीति भएको र आफू सुरक्षित नभई कसरी स्वास्थ्यकर्मीले बिरामीको सेवा गर्न सक्छ?’ –डा. पुन प्रश्न गर्नुहुन्छ।

यतिबेला पहिलो चरणमा चिकित्सक स्वास्थ्यकर्मीलाई खोपको व्यवस्था गरी निर्धक्कसँग बिरामीको उपचार गर्न सक्ने मनोबल नभएसम्म कसरी चिकित्सकले जोखिम मोल्ने? कतिपय बिरामीको रिपोर्ट हेर्दा चिकित्सक त्रसित हुने गरेको पाइन्छ।

पहिला चिकित्सकको मनोबल बढाएर मात्र यो सामान्य रूघाखोकी हो उपचार गरे निको हुन्छ उच्च जोखिम समूहमा रहेका व्यक्तिले समयमै उपचार गराउनुपर्छ भन्ने सन्देशको खाँचो यतिबेला खड्किएको चिकित्सकहरूको धारणा रहेको छ।
टेकुमा शुक्रबारदेखि बिरामीको चाप बढेको बढेकै छ सरकार भने सबै तयारी अवस्थामा छौं भनेर प्रचारमा जुटेजस्तो गरेर झारा टार्दै छ।

यतिबेला मानिसको ज्यान नै गइसकेको अवस्थामा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. पन्तको भने यस्तो अभिव्यक्ति रहेको छ– ‘पहिलो कुरा यो सुँगुरबाट फैलिएको स्वाइनफ्लु होइन, अर्काे कुरा मौसमी रुघाखोकी महामारीको रूपमा अहिलेसम्म फैलिएको छैन।’ यदी महामारी नै भइहाल्यो भने पनि स्वास्थ्य सेवा विभाग त्यसको समयमै रोकथाम र नियन्त्रण गर्न तयार र सक्षम रहेको छ।