कृतिको मजाक

0
Shares

 

बलिउडमा एक कलाकारले अर्को कलाकारलाई आरोप प्रत्यारोप लगाउने र होच्याएर बोल्ने होडबाजी सधैँ चल्ने गर्छ। नायकहरुमा भन्दा यो प्रवृत्ति नायिकाहरुमा बढी पाइन्छ।

भारतीय सञ्चारमाध्मले जनाएअनुसार पछिल्लोपटक यही प्रवृतिको शिकार बनेकी छिन् बलिउड नायिका कृति सेनन। आफ्नो आगामी फिल्म बरेलीकी बर्फीको प्रोमोसनमा व्यस्त कृति सेननले हालै आफ्नो एक फन भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। उक्त भिडियोमा उनी अर्जुन कपुरको फिल्म मुबारकाको एक गीतमा डान्स गर्दै गरेको देखिएको थियो। यो पोस्ट शेयर गर्नुअघि उनले सोचेकी थिइनन् कि बलिउडकै अर्को कुनै हिरोनले उनको मजाक उडाउनेछिन्।

सबैभन्दा पहिले उनको पोस्टमा अभिनेता कमाल आर खानले भिडियोको बारेमा आफ्नो टिप्पणी दिँदै भनेका छन् ‘विचरी कृति राब्ता फ्लप भएदेखि मेन्टल्लि डिस्ट्रब छिन्।’ यसपछि उनको ट्वीटमा रिप्लाई गर्दै फिल्म हेट स्टोरीकी नायिका भैरवी गोस्वामीले भनेकी छिन् ‘साँच्चै पागल महिलाले जस्तो व्यवहार देखाइरहेकी छिन्। यिनी कसरी हिरोइन बनिन्? यो भन्दा राम्रो त कलेजको स्टुडेन्ड हुन सक्छन्’ यस कमेन्टमा कृतिले भने कुनै पनि रिप्लाई दिएकी छैनन्। तर भैरवीको यस प्रकारको कमेन्ट देख्दा यस्तो लाग्छ कि अब कृति पनि चुप लागेर बस्नेवाला छैनन्।

नायिका ऐश्र्या राय बच्चन गर्भवती भएको अवस्थामा पनि भैरवी आफ्नो अभिव्यक्तिको कारण विवादमा आएकी थिइन्। उनले बच्चन परिवारको विरुद्ध आफ्नो अभिव्यक्ति दिएकी थिइन्। उनले अमिताभको दवावमा ऐश्वर्याले बच्चाको लिङ्ग परीक्षण गराएको र यसो गर्नुको कारण अमिताभ आफ्नी बुहारीले छोरालाई जन्म दिऊन् भन्ने चाहेको उल्लेख गरेकी थिइन्।