प्रधानमन्त्री देउवाद्वारा पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई बधाई

0
Shares

 

काठमाडौँ, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएका शाहिद खकान अब्बासीलाई बधाई दिनुभएको छ ।

आफ्नो बधाई सन्देशमा प्रधानमन्त्री देउवाले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन मिलेर काम गर्ने इच्छा पनि प्रकट गर्नुभएको छ । रासस