पहिरो खस्दा बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

0
Shares

यमलाल भुसाल, बुटवल ।
अविरल वर्षा संगै बुटवल पाल्ला सडक खण्डको तिनाउ गाउपालिका दोभानमा पहिरो खसेको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

दोभान प्रहरी चौकी भन्दा २ सय मिटर पूर्वतर्फ पहिरो खसेको पश्चिम क्षेत्रीय टृाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दिउसो २ बजे खसेको पहिरोले गर्दा बुटवलवाट पाल्ला गुल्मी पोखरा हुदै काठमाण्डौ वाग्लुङ जाने यात्रु समस्यामा परेका छन ।

सडक अवरुद्ध भए संगै बुटवल आउने गाडी पाल्लाको दोभान बुटवलवाट उत्तरजाने गाडी बुटवलको गोलपार्कमा लामो लाईनमा रहेका छन ।

पहिरो खसेलगत्तै हटाउने काम शुरु भए पनि ठूलै ढिस्को खसेकाले केही समय लाग्ने प्रहरीले जनाएको छ ।
निरन्तर वर्षा भएकाले पहिरो हटाउन कठिन भएको छ । पहिरो हटाउनका लागि डोजर वर्षा अवधी भरीलाई दोभानमा स्टान्डवायी राखिएको छ ।