पोषणको सुनिश्चितताका लागि जनप्रतिनिधिहरुको प्रतिबद्धता

0
Shares

बिष्णुप्रसाद भण्डारी, अछाम ।
अछामको मंगलसेन नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिकरुले मंगलसेन नगरपालिकाकमा पोषणको सुनिश्चिताका लागि प्रतिबद्धता जनाएका छन् ।

आज मंगलसेनमा सम्पन्न संघिय प्रणालीमा बहु क्षेत्रीय पोषण योजना कार्यान्वयन बिषयक मंगलसेन नगरपालिका स्तरीय अभिमुखिकरण गोष्ठि जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बोहरा, उप–प्रमुख सरिता उपाध्याय, सहित नगरपालिकाको कार्यकारीणी समितिका सदस्यहरु र १४ वटै वडाका वडा अध्यक्षहरुले १० बुुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । जस अन्तरगत सबै बालबालिकालाई अनिवार्य बिद्यालय जाने बतावरण श्रृजना गरि गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, निःशुल्क तथा गुणस्तरीय उपचारका लागि स्वास्थ्य चौकी र नगरमा हालको जिल्ला अस्पतालको स्तरउन्नति गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने, ४५ दिन भित्र जन्म दर्ता गर्न आउने सुत्केरी आमालाई पोषण भत्ता प्रदान गर्ने लगायत १० ओटा प्रतिबद्धता रहेका छन् ।

त्यस क्रममा मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बोहराको अध्यक्षतामा नगर स्तारीय पोषण समिति पनि गठन गरिएको छ । नगरपालिका भित्रका सबै बालबालिकाको पोषणको स्थितीमा उल्लेख्य मात्रामा सुधार ल्याउन यस्तो सामुहिक प्रतिबद्धता गरिएको नगरप्रमुख बोहराले बताउनुभयो । यो प्रतिबद्धतासंगै अब नगरका १४ ओटै वडाका आमा र बच्चाहरुको स्वास्थ्य अवस्थामा सुधार आउने नगरउपप्रमुख सरिता उपाध्यायले बताउनुभयो । मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बोहराको अध्यक्षमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी अछामका स्थानीय बिकास अधिकारी तोयानारायण सुवेदी रहनुभएको थियो ।

युनिसेफको सहयोगमा सञ्चालित पोषण योजनाको आयोजनमा सम्पन्न गोष्ठिमा मंगलसेन नगरपालिकाका उप–प्रमुख सरिता उपाध्याय, कार्यकारी अधिकृत गणेशप्रसाद जैशी, सहित नगरपालिकाको कार्यकारीणी समितिका सदस्यहरु र १४ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । गोष्ठिको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगाना र पोषण योजनाका जिल्ला संयोजक मानबहादुर कुँवरले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक चन्द्रप्रसाद ढुंगानाले गर्नुभएको थियो ।
जिल्लाभरको पोषणको स्थितीमासुधार ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको पोषण योजनाका जिल्ला संयोजक मनबहादुर कुँवरले जानकारी दिनुभयो । यो कार्यक्रम जिल्लाका १० ओटै स्थानीय तहमा लागु हुने उहाँले बताउनुभयो ।