जंगली जनावरले मकैबाली नष्ट गरेपछि डोटी किसान चिन्तित

0
Shares

विमल विष्ट, डोटी ।
डोटीमा मकैबाली जंगली जनावरले नष्ट गर्न थालेपछि स्थानिय किसान चिन्तित बनेका छन् । जिल्लाका धेरैजसो ठाउँमा जंगली बँदेल, दुम्सी र भालुले मकैबाली खान थालेको स्थानिय किसानहरु बताउछन् । दिउँसो बाँदर र बँदेल तथा राति दुम्सी र भालुले मकैबाली खान थालेपछि किसान हैरान भएका हुन् । मकैबाली जोगाउन खेतमा पहरा दिन थालेको जोरायल गाउपालिका –५ गड्सेराका रमेश चोखालले बताउनु भयो । उहाँले भन्नु भयो ‘मेहेनत गरी फलाएको खेती नपाक्दै दुम्सी र बादरले सखाप पार्न थालेकोछ,हामीले के खाने भन्ने चिन्ता लाग्न थालेको छ ।’ जंगली बँदेल र बादरका कारण दिउँसो घाँस काट्नसमेत समस्या भएको छ । रातभरि पहरा दिएपनि बँदेल र बादरले मकैबाली नष्ट गर्ने गरेको किसानहरु बताउछन् ।
जिल्लाका बोगटान,जोरायल,पुर्विचौकी, पश्चिमचौकी, सायल,आर्दश,बर्छैन गाउँपालिका लगायतका क्षेत्रमा जंगली बँदेल तथा बादरले मकैबाली नष्ट गर्न थालेको स्थानिय किसानहरु बताउछन् । भर्खर घोगा लाग्न लागेको मकै बँदेलले नष्ट गर्न थालेको आदर्श गाउपालिका ५ धामी गाउगाउकी लक्ष्मी धामीले बताईन् । जंगली बँदेल तथा बादरले मकैबाली नष्ट गर्न थालेपछि यहाँका किसानहरु हैरान भएका छन् । बँदेलले मकैबाली नष्ट गर्न थालेपछि किसान भोकमरी हुने भन्दै चिन्तित बनेका छन् । जिल्ला कृषि विकास कार्यालय डोटीका अनुसार ३ हजार ५ सय २ हेक्टर जमिनमा मकैखेती गरिदै आएको छ ।