शिलुले तिजमा नचाउने भइन सबैलाई, हेर्नुस यस्तो छ झम्के गित

0
Shares

गायिका शिलु भट्टराईले यसपालीको तिजमा मेरो बालुमै नामक तिजी गित वजारमा ल्याएकि छिन् ।

उनले प्रत्यक वर्ष तिज गित भित्र्याउने गर्छिन् । शीब हमालको शब्द र भगवति न्यौपानेको लयमा सजिएको सो गितमा भट्टराईले स्वर भरेकि छिन् । गितमा माया प्रेमका भाबहरु समेटिएका छन् । गितमा पुराना भाका र शब्दहरु समेटिएको शिलुले बताईन् ।

घुम पाकुम घुम नामक तिज गीतबाट कलाकारीता क्षेत्रमा प्रबेश गरेकि भट्टराईले दशैंको लागी गितको तयारी गरीरहेको बताईन् । सुमधुर स्वरकी धनि शिलुले नेपाल समाचारपत्र संग भनिन्,–‘गीत संगित मेरो मुटु हो । मैले गाएका सबै गितहरु लोकदोहोरी गितहरु हुन् । म कहिलेकाहीं स्टेज कार्यक्रममा समेत व्यस्थ हुने गर्छु ।’

बिन्दबासीनी म्यूजिक प्रालीले शिलुको गितलाई बजार व्यवस्थापन गरेको छ । गुल्मी घर भएकी शीलुले दर्जनौ गितहरु बजारमा ल्याएकी छिन् । आफ्ना गीतहरु बजारमा निकै चलेको र स्रोताको माग अनुसार गित गाएको शिलुले बताईन् ।