किसानलाई कृषि उपकरण प्रदान

0
Shares

 

त्रिशूली(नुवाकोट), १६ साउन । कृषिका आधुनिक प्रविधिको प्रयोग गरी थोरै लगानीमा धेरै उत्पादनमा सघाउ पु¥याउने उद्देश्यले प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ जोन (आलु)ले किसानलाई आज कृषि उपकरण प्रदान गरेको छ ।
लिखु गाउँपालिका वडा नं १ ढिकुरेस्थित कार्यालयमा आयोजित कार्यक्रममा आलु जोन कार्यान्वयन एकाइका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत उमानाथ भण्डारी र आलु जोन सञ्चालन समितिका संयोजक मधु अधिकारीले कृषकलाई हस्तान्तरण गर्नुभयो ।
आलु जोनका प्रमुख भण्डारीले पावर ट्रिलर र मिनी ट्रिलरको प्रयोग विधिबारे जानकारी दिँदै अनुदानमा उपलब्ध गराइएकाले कृषकलाई न्यूनतम भाडादरमा प्रयोग गराउन आग्रह गर्नुभयो ।
नौ पावर ट्रिलर, आठ मिनी ट्रिलर र ५६ इलेक्ट्रिक स्पे्रयर आलु जोनको कार्यक्षेत्र खानीगाउँ, थानसिङ, चौघडा र सूर्यमतीका १४ कृषक समूह तथा सहकारीलाई वितरण गरिएको हो । सरकारले गत आवदेखि साबिकका चार गाविसको ५ सय हेक्टर क्षेत्रफल आलु खेती हुने क्षेत्रलाई समेटर आलु जोन कार्यालय स्थापना गरेको छ । आलुको बजारीकरण, उत्पादकत्व वृद्धि, कृषिजन्य उद्योगको स्थापना र प्रशोधन तथा संकलन भण्डारणमा सहयोग गर्ने मुख्य कार्यक्रम भएको बताइएको छ । रासस