निर्वाचन क्षेत्र निर्धाण आयोग बिरुद्ध आन्दोलन गर्ने नगरपालिकाको चेतावनी

0
Shares

बिष्णुप्रसाद भण्डारी, अछाम ।
कमलजबार नगरपालिकाको बैठककले जिल्लाको कमलजबार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकालाई एउटै निर्वाचन क्षेत्र बनाउन माग गर्दै यी तीन स्थानीय तह सहितको एक निर्वाचन क्षेत्र नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । नगरपालिकाको आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आगामी प्रदेश सभा चुनावका लागि कमलजबार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकालाई एक निर्वाचान क्षेत्र कायम गरिनु पर्ने माग गरेको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत रमणप्रसाद भण्डारी जानकारी दिनुभयो । भण्डारीका अनुसार यस बिरुद्ध कडा कदम चाल्न बाध्य नपार्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । यदी निर्वाचन क्षेत्र निर्धाण आयोगले कमलजबार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकालाई समेटर एक निर्वाचन क्षेत्र कायम नगरे त्यसका बिरुद्ध कडा भन्दा कडा आन्दोलन थाल्ने चेतावनी समेत नगरपालिकाको कार्यकारीणी समिति बैठकले दिएको छ । नगरप्रमुख ओमप्रकाश बिष्टको अध्यक्षतमा भएको बैठकमा उप–प्रमुख भुमिसरा बजगाई सहित १० ओटै वडाका वडा अध्यक्ष र प्रमुख राजनीतिक दलका प्रमुख एव्म प्रनिधिहरुको उपस्थिती रहेको थियो ।

 

सरकारले आफ्नो मागको सुनुवाई नगरे यहाँ आफुहरुले आन्दोलन थाल्ने नगरप्रमुख बिष्टले बताउनुभयो । एउटै निर्वाचन क्षेत्रका लागि यस क्षेत्रको पायक पर्ने ठाउँ भनेकै यीनै तीन स्थानीय तह सहितको निर्वाचन क्षेत्र हुने भन्दै उहाँले त्यसो नभए परिणम पनि भयानक हुने बताउनुभयो ।