डुबेर बालिकाको मृत्यु

0
Shares

 

उर्लाबारी (मोरङ), १६ साउन । धनपालथानमा आज अपराह्न पानी जमेको खाल्डामा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनपालथान गाउँपालिका–१ गडेरियाका देवानन्द मण्डलकी छोरी सोनाक्षी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । घरमा बालबालिका मात्र भएका समयमा खेल्दै जाने क्रममा उनको नजिकै रहेको खाल्डामा डुबेर मृत्यु भएको बताइएको छ । रासस