उर्थुगाँउ सरसफाइ सुधारोन्मुख, पुर्ण सरसफाई अभियान जारी

0
Shares

नन्दराम जैशी, जुम्ला ।
जुम्लाको उर्थुगाँउ सरसफाइ सुधारोन्मुख अवस्थामा रहेको छ । पातारासि गाँउपालिका वडा नं ६ मा पर्ने उर्थुगाँउ सरसफाइ सुधारोन्मुख बन्दै गएको हो । यसअघि खुला दिसा मुक्त घोषणा भैसकेको उर्थुगाँउ पुर्ण सरसफाइ युक्त बन्नका लागि सरसफाइमा सुधारोन्मुख हुदै गएको छ । जिल्ला खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समितिले सोमबार गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो ।

अनुगमनका क्रममा उर्थुगाँउलाई पुर्ण सरसफाइ युक्त बनाउनका लागि अँझै सरसफाइमा जोड दिनुपर्ने अनुगमन टोलिले सुझाब दिएका छन् । पहिले राम्रोसँग सरसफाइको बिषयमा जानकारी नपाएका कतिपय उर्थुबासिहरु हाल ब्यक्तीगत सरसफाइका साथै घरायासि र बातावरणिय सरसफाइमा पनि ध्यान दिन थालेका छन् ।

उर्थुगाँउको सरसफाइ अवस्थालाइ सुधार्न र सरसफाइका बिषयमा प्रत्यक्ष स्थानियलाइ जनचेतना जोगाउन आरडिजिपि जुम्लाले गाँउमा दुई जना उत्प्रेरक सहजकर्ता तोकेको छ । उत्प्रेरक सहजकर्ताहरुले ब्यक्तीगत, घरायासि र बातावरणिय सरसफाइको महत्व, सरसफाइ गर्ने तरीका र सरसफाइ नगर्दा हुने समस्याका बिषयमा गाँउका सबै समुदायलाइ निरन्तर छलफल, अन्र्तक्रिया मार्फत जानकारी दिनेगरेका छन् ।

स्थानिय पुन्न बहादुर बिष्टले भन्नुभयो, गाँउका सबै घरमा सौचालयको ब्यवस्था छ । सौचालय प्रयोग पछि नियमित साबुनपानिले हात धुने गरेका छौ । घरमा भाँडा सुकाउने चाङको पनि ब्यवस्था छ । तर घरघरमा खानेपानिको धारा बिस्तार गर्दैछौ, धारा विस्तारपछि सरसफाइको अवस्था अझै राम्रो हुनेछ, बिष्टले बताउनुभयो ।

गाँउलाइ पुर्ण सरसफाइ युक्त बनाउनका लागि आरडिजिपि जुम्लाले गाँउका १ सय २६ घरधुरीलाइ तिन दर्जामा विभाजन गर्न लागेका छ । जसमा सरसफाइमा कमि भएका घरलाइ रातो स्टीकर, सरसफाइ सुधारोन्मुख घरलाइ पँहेलो स्टीकर र सरसफाइमा स्वथ्य घरलाइ हरीयो स्टीकर बितरण गरीने वास कार्यक्रम अधिकृत यज्ञराज ओझाले बताउनुभयो ।

उहाका अनुसार उर्थुगाँउलाई ग्रामिण क्षेत्रको बातावरण दुषित रहित गाँउ बनाइने भएको छ । त्यसका लागि खानेपानिको पँहुज पुर्याइ पानि शुद्धिकरण गरी खाने तरीका तथा सफा र स्वच्छ खानाको प्रयोग गर्ने बानि बसालिने छ । ग्रामिण खानेपानि तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोगमा ग्रामिण विकास समुह कार्यक्रम (आरडिजिपि) जुम्लाद्धारा संचालित ग्रामिण खानेपानि सरसफाइ सुधार परियोजना अन्र्तगत उर्थुगाँउमा सरसफाइ सम्बन्धी विभिन्न गतिविधि भैरहेका छन् ।