चुनावमा असहोग गर्नेलाई जिसस संयोजक सिफारिस गरेको भन्दै कांग्रेस उप–सभापतीको राजीनामा

0
Shares

बिष्णुप्रसाद भण्डारी, अछाम ।

चुनावमा असहोग गरेकालाई पार्टीले जिल्ला समन्वय समिति संयोजकमा सिफारिस गरेको भन्दै नेपाली कांग्रेस अछामका उप–सभापती चन्द्र प्रसाद ढुुगाँनाले पदबाट राजिनामा दिनुु भएको छ । जिल्ला समन्वय समिती अछामको संयोजकका लागि उम्मेद्धार छनोटका गर्दा स्थानीय तह निर्वाचन २०७४ मा असहोग गरेकालाई समन्वय समिति संयोजक बनाईएको भन्दै उहाँले बदबाट राजीनामा दिनुभएको हो ।

जिल्ला समन्वय समिती अछामको संयोजकका लागि उम्मेद्धार छनोट गर्न साउन १६ गते बसेको पार्टीको जिल्ला कार्य समिती बैठककोमा स्थानीय तहको निर्वाचनका क्रममा असहयोग गर्नेलाई कारबाही हुनु पर्ने माग आफुले उठाउँदा पनि कारवाही हनुको साँटो जिल्ला कार्य समितीले उल्टै उनिहरुलाई पुुरस्कृत गर्ने गरि निर्णय गरेकोे भन्दै आफुले पदबाट राजिनामा दिएको उहाँले बताउनुभयो । यस्तो अवस्थामा आफु पदमा बसिरहुनको कुनै औचित्य नरहेको ठहर गर्दै आफुले राजिनमा दिएको उहाँले बताउनु भयो ।

आफुले लेखेको राजिनामा पत्र सामाजिक सञ्जाल फेसबुुक मार्फत सार्वजनिक गर्दै उप–सभापती ढुुगानाले आफु दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा मंगलसेन नगरपालीकाको मेयर पदको उम्मेद्धारको प्रत्यासि भईरहदा निर्वाचनका क्रममा भोगेको घात÷प्रतिघातका बारेमा पार्टीलाई जानकारी गराउँदा समेत आजको उम्मेद्धार छनोट समितीले दोषिलाई पुुरस्कृत गर्ने गरि निर्णय गरेको आरोप लगाउनुु भएको छ ।

मंगलसेन नगरपालीकामा स्थानीय तहको निर्वाचनमा १४ वडा मध्ये नेपाली कांग्रेसले ९ वडामा विजयी हासिल गर्दा ढुंगाना एमालेका मेयरका उम्मेद्धार पदम बहादुर बोहरा सँग झीनो मत अन्तरले पराजित हुनुभएको थियो । प्रखर बक्ता तथा युवा नेताको रुपमा छवि बनाएका नेता ढुुंगानाले विगत २ कार्यकाल देखि अछामका व्यापारिहरुको छाता सँगठन उद्योग वाणिज्य सँघ समेत समालीरहेका छन् । पर्यटन ब्यावसाय लगायत जिल्लाको आर्थिक बृद्धिमा उहाँ उद्योग वाणीज्य सँघको अध्यक्ष भईरहदा ठुुलो टेवा पुुगेको थियो ।