सिचाईका लागि शौर्यउर्जा शक्तिको प्रयोग आर्कषक बन्दै

0
Shares

बिष्णु तिमिल्सिना, बर्दिया ।
कृषकहरुका सिचाईका लागि शौर्यउर्जा शक्तिको प्रयोग आर्कषक बन्दै गएको छ । सिचाई सुबिधा नभएका तथा थोरै जग्गा भएका कृषकहरुका लागि स्वालो ट्युवेलमा शौर्यउर्जा प्रबिधिको प्रयोगद्धारा सिचाई गरेर तरकारी खेती गर्न थालिएका छन ।

थारु महिला उत्थान केन्द्र गुलरियाद्धारा सञ्चालित बेण्ड अनुकलन परिजनाको सहयोगमा बर्दियाको साबिक मैनापोखर गाबिसको राजापुर, उच्चा मैनापोखर र कालिकाको फुलपुरका गरी तिन जना कृषकहरुले शौर्यउर्जाद्धारा सिचाई गरी तरकारी खेतीमा राम्रो आम्दानी गर्न सफल भएका छन् ।

संस्थाबाट दिएको ६० हजार अनुदानमा ८० वाटको पिभी प्यानल र बिशेष प्रकारले निर्मित (डिसी) मोटरले शौर्यशक्तिबाट बिद्युत शक्तिको प्रयोग गरी स्यालो ट्युवेलबाट पानी तान्ने गरीन्छ । उक्त प्रबिधिबाट एक मिटर गहिराईबाट प्रतिघन्ट २० हजार लिटर र ६ मिटरको गहिराईबाट प्रति घन्ट ९ सय लिटर पानी तान्न सकिने र एक दिनमा करिब ५ कठ्ठा जमिन सिन्चित गर्न सकिने संस्थाका अनुकलन तथा बिपत ब्यबस्थापन अधिकृत बिराट पन्थले बताउनु भयो ।

साबिक मौनापोखर गाबिस उच्चवामैनापोखर गाँउका नागेश्वर थारुले उक्त सनफलावर प्रबिधिद्धारा ६ कठ्ठा जग्गामा सिचाई गरी गत बर्षमा ७० हजार रुपैयाँको काक्रो, करेला, लौका, टमाटर र खुर्सानी उत्पादन गरी स्थानीय बजारमा बिक्रिगरेको कुरा बताउनु भयो । उहाँले तरकारी खेतीको लागि सनफलावर प्रबिधि प्रभाबकारी सिचाई गर्ने प्रबिधि रहेको बताउनु भयो ।

यसैगरी स्थानीय जलबायु अनुकुलन कार्यक्रमको अनुदानमा गोला, न्यौलापुर, शिवपुर, ठाकुरद्धारा, सुर्यपटुवा, भिम्मापुर खैरीचन्दनपुर र मनाउमा १२ ओटा शौर्यउर्जाद्धारा भूमिगत पानी तानेर सिचाई कार्यमा प्रयोग गरीएको छ । ती मध्य ११ वटामा २ सय २० वाटका दुई दुई वटा प्यानल राखिएकोले ४ सय ४० वाटको क्षमता छन् । तीनको क्षमता दैनिक १८ हजार लिटर पानी तान्न सक्ने रहेको छ । ८ वटा प्यानरल भएकोमा ८ सय ४० वाट क्षमता रहेको र दैनिक ७० हजार लिटर पानी तान्न सक्ने क्षमता रहेको छ ।

उक्त कार्यक्रमबाट ६९ जना कृषकहरु लाभाम्बित भएका छन् । बिशेष गरी बसन्ते तरकारीका लागि करिब ५ कठ्ठा मौषमी तथा बेमौषमी खेती गर्न सकिने कुरा स्थानीय जलबायु अनुकुलन परियोजनाका जिल्ला संयोजक सुदिप आर्चायले जानकारी गराउनु भयो । १२ ओटा शौर्यउर्जा लघु सिचाईका लागि ११ लाख ८१ हजार रुपैयाँ सहयोग गरीएको कुरा आर्चायले बताउनु भयो ।

साबिक न्यौलापुर गाबिस रानीपुरगाँउका कृषक रेशमबहादुर खत्रीले शौर्यउर्जा प्रबिधि एकदमै प्रभाबकारी रहेको बताउनु भयो । उहाँले आफुले गतबर्ष यो प्रबिधि प्रयोगद्धारा बसन्ते मकै र मास खेती गरेको बताउनु भयो । उहाँले यो प्रबिधि माछापालनको लागि अत्यन्तै प्रभाबकारी रहेको बताउनु भयो ।

यो प्रबिधिको बिकासबाट बैकल्पिक उर्जाको प्रयोगभई स्थाय रुपले कृषकहरुले ब्यबसायिक तथा घरआयसी प्रयोजनका लागि खेति गर्ने तरकारी खेती माछापाल गर्न गर्न सकिने उदा यो प्रबिधि बिकासमा सरकारले प्राथमिकता दिनु पर्ने कृषकहरुको माग रहेको छ ।