सल्यानमा मतदाता नामावली दर्ता उत्साहजनक

0
Shares

सरिता चलाउने, सल्यान सल्यानमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङख्या एक हजार दुई सय ३४ पुगेको छ ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि छुटेकाहरुलाई साउन १ गतेदेखि साउन मसान्तसम्मको समय दिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या उत्साहजनक रहेको जिल्ला निर्वाचन कार्यालयले सल्यानले जनाएको छ । फोटो सहितको मतदाता नामावली दर्ता अभियान शुरु भएको १५ दिन अर्थात् आईतबार सम्म एक हजार दुई सय ३४ जनाले नाम दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो यो भन्दा पहिले गाउँगाउँमा फोटोसहितको मतदाता नामावली सङकलनमा जादा दुईचार जना मात्र आउने गर्थे, वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय निर्वाचनमा नागरिकलाई यसको महत्व नभए पनि यस पटक भने राजनीतिक चासो नराख्ने नागरिकले पनि आफ्नो महत्वपूर्ण काम छोडेर उत्साहाका साथ नामावली वनाउन आएका छन । पछिल्लो अभियानबाट सोचे भन्दा धेरै मतदाता थपिने अपेक्षा गरिएको शर्माले बताउनुभयो ।

जिल्लामा यसअघि भएको स्थानीय तहको निर्वाचनमा एक लाख २५ हजार २ सय ५६ जना मतदाता रहेका थिए । हाल सदरमुकाम खलङगामा मात्र सिमित मतदाता नामावली संकलन अभियान आज बाट जिल्लामा रहेका ३ नगरपालिका र ७ वटै गाउँपालिकामा पठाइएको कार्यालयले जनाएको छ । नामावली संकलन अभियान साउन ३२ गतेसम्म संचालनन हुने छ भने जिल्लामा रहेको निर्वाचन कार्यलयमा निर्वाचनको मिति सरकारले घोषण नगर्दा सम्म संकलन गर्न सकिने कार्यलयका निर्बाचन अधिकृत महेश शर्माले वताउनुभयो ।