बुढी गण्डकीको काम अघि बढाउन आग्रह

0
Shares

सन्तोष अधिकारी, गोरखा ।

देशकै गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाट क्षमताको बूढी गण्डकी जलाशय यूक्त आयोजनाको विषयमा रहेको अन्यौलता हटाइदिन र काम अघि बढाउन जिल्ला प्रशासन कार्यालय गोरखालाई आग्रह गरिएको छ । सोमबार बोर्लाङको पाटन देवी यूवा क्लबले गोरखा र धादिङका डुवान क्षेत्रबा जनतालाई अधिकार सम्पन्न गासबास र कपासका साथै स्वास्थ्य शिक्षा रोजगारीको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई बुक्राएको छ ।

मुआब्जा पाउने जग्गाको पुन बर्गिकरण गर्न समेत क्लबले आग्रह गरेको छ । मुआब्जा निर्धारण गर्न बाँकी रहेको गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारको तत्कालै मुआब्जा निर्धारण गर्न पनि प्रजिअ बस्नेतलाई ध्यानाकर्षण गराएको क्लबका सचिब सञ्जय ढकालले बताए । मुआब्जा वितरण गर्दा जग्गाको सँगै घर र गोठ बोट विरुवाको पनि सँगै वितण गर्न माग गरिएको छ ।

त्यस्तै दुबै जिल्लाको डुबान क्षेत्रमा पर्ने बस्ती, सार्वजनिक स्थल, मठ मन्दिर, धारा पाटी तथा ऐतिहासिक संरचनाहरु जोगाउन संग्राहलय बनाउन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ । त्यस्तै भूकम्पले घर भत्केका डुबान क्षेत्रका बासिन्दालाई सरकारले दिने भनेको राहत रकम समेत छिै दिन आग्रह गरिउको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ बस्नेतले मागहरु विस्तारै सम्बोधन हुँदै जाने बताएको सचिब ढकालले जानकारी दिए ।