नेयमार पीएसजी जाने तय


 

मेड्रिड, (एजेन्सी)
नेयमारको पेरिस सेन्ट जर्मेन (पीएसजी) तिर आबद्ध हुने समय निकट हुँदै गएको छ। नेयमारले बार्सिलोनाका आफ्ना नजिकका साथी र स्टाफलाई यसै सिजनमा पीएसजी जाने बताएका छन्। उनले सोमबारसम्म आफू फ्रेन्च लिग वानमा आबद्ध हुने पनि उनीहरूसँग खुलासा गरेका हुन्। २५ वर्षीय ब्राजिली स्टारको लागि पीएसजीले २२ करोड २० लाख युरो तिर्ने तयारीमा रहेको छ।

नउ क्याम्पमा खुसी नभएको पनि नेयमारले बताउँदै आएका छन्। त्यसैले पनि उनी अर्को च्याम्पियन्स लिग क्लबमा आबद्ध हुन खोजिरहेका छन्। उनले विश्वमा आफू आफ्नै क्षमताले नम्बर एक खेलाडी भएको सावित गर्न चाहेको स्पेनी अखबारले जनाएको छ।

शुक्रबार टिम साथीसँग झगडाको विषयले पनि नेयमार नउ क्याम्पमा निरास छन् भन्ने सावित गर्छ। त्यस्तै काटालान पब्लिकेसन मुन्डो डिपोर्टिभोको रिपोर्टले जनाए– ‘नेयमारले क्लब जतिसक्दो चाँडो छाड्ने छन्। अर्को साता पीएसजीले उनलाई मोटो रकम तिरेर किन्नेछ।’

नेयमारले हालै मात्र पनि बार्सिलोनाको प्रि–सिजन चीनको ट्रिपबाट पनि आफू अलग भए पनि जाने भएका छन्। जहाँ बार्सिलोनाले रियल मेड्रिडसँग च्याम्पियन्स कपमा प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ। तर, चीनको सोसियल मिडिया वेइबोले नेयमार चीन आउने निश्चितता जनाएको छ। नेयमारले लेखेका थियो– ‘चीनमा फेन्सलाई शुभकामना छ। म नेयमार जुनियर हुँ। यो मेरो आधिकारिक वेइबो एकाउन्ट हो। मेरा आफ्नै व्यक्तिगत अनुभव चिनियाँ फ्यानसँग साट्न गइरहेको छु। तिमीहरूले मलाई संघाईमा सोमबार देख्नेछौ।