प्रमुखलाई नै थाहा छ्रैन आफ्नो काम, कर्तव्य र अधिकार

0
Shares

 

बिष्णुप्रसाद भण्डारी, अछाम ।

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष माया कुँवरले आज मंगलसेनमा आयोजिक एक औपचारिक कार्यक्रममा भन्नुभयोः– ‘स्थानीय सरकार सञ्चालनका लागि आफुहरुले के–कस्ता अधिकारहरु प्रयोग गर्न पाउँछौँ थाहा छैन ।’ उहाँले थप्नु भयोः– ‘कानुनि व्यवस्था के छ ?, हाम्रो काम कर्तव्य र अधिकार के हो ?, हामिलाई थाहा छैन ।’ स्थानीय सरकार सञ्चालनका लागि आफुलाई निकै समस्या रहेको उहाँले बताउनुभयो । जनताले आफुहरुलाई चुनाव जिताएपनि कानुनि व्यवस्थाका बारेमा आफुहरुलाई जानकारी नभएका कारण आफुहरु अन्यौलमा रहेको बताउनुभयो । उहाँलाई कानुन नजानेर समस्या छ भने अरुलाई कानुन अभावमा समस्या छ ।

 

नेपाली कांग्रेसबाट जिल्लाका बिभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागि नेपाल प्रेस युनियन जिल्ला शाखा अछामले आज मंगलसेनमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा बोल्ने जनप्रतिनिधहरुले आफुहरुले आवश्यक कानुन, भौतिक पूर्वाधार र सामाग्री नपाएको गुनासो गरेका छन् । सरकारले आफुहरुलाई धेरै ठुलो जिम्मेवारी सुम्पेको बताउँदै निर्वाचित जनप्रतिनिधिहरुले त्यस अनुसरा आवश्यक कानुन बेलैमा तयार नगरिदिँदा काम गर्न समस्या भैरहेको गुनासो गरेका छन् । साथै आवश्यक भौतिक पूर्वाधार र साम्रगी समेत स्थानीय तहमा नभएको उनिहरुको गुनासो छ ।

 

कार्यक्रममा बोल्दै जिल्लाको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले आफुहरु जनताको सेवाका लागि जति सक्दो चाँडो काम गर्न आतुर भएपनि सरकारले आवश्यक कानुन बेलैमा निर्माण नगरिदिँदा काम गर्न समस्या भैरहेको बताउनुभयो । यस्तै अरु बिभिन्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधित्वहरुले पनि सरकारले आवश्यक कानुन, पुर्वाधार र सामाग्री उपलब्ध नगराउँदा काम गर्न समस्या भैरहेको बताउनुभयो ।

 

नेपाल प्रेस युनियन जिल्ला शाखा अछामका कार्यबाहक अध्यक्ष धनराज साँउदको अध्यक्षतमा भएको कार्यक्रमका प्रमुख अतिथी कांग्रेस जिल्ला सभापति भरत कुमार स्वार रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्वारले निर्वाचित जनप्रतिनिधिहरुलाई आ–आफ्नो गाउँपालिका तथा नगरपालिकामा नमुना काम गर्न निर्देशन दिनुभयो । गाउँ र नगरको बिकासका लागि रातदिन खटेर काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्दै उहाँले जनताको हितमा देखिने काम गर्न सुझाव दिनुभयो । कार्यक्रमका बिशिष्टि अतिथी नेपाली कांग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगाना रहनुभएको थियो ।

 

कार्यक्रममा पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा, उप–प्रमुख अम्बिका चलाउने, कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश बिष्ट, उप–प्रमुख भुमिसरा बजगाँइ, तुर्माखाँद गाँउपलिका अध्यक्ष पुष्पराज शर्मा, बान्नीगडी जयगढ गाउँपालिकाका अध्ययक्ष राजेन्द्रबहादुर खड्का, तुर्माखाँद गाउँपालिका उपाध्यक्ष अमृता बुढा, चौरपाटी गाँपालिका उपाध्यक्ष माया कुँवर, नेपाल समाचार पत्रका अछाम समाचारदाता एव्म स्थानीय रेडियो सोसाईटी एफएमका स्टेशन मनेजेर बिष्णुप्रसाद भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन अछामका सचिव पूर्णबहादुर खड्काले गर्नुभएको थियो भने कार्यक्रमममा स्वागत मन्तव्य सदस्य मेनुका ढुंगानाले राख्नुभएको थियो ।