गाडी छिर्ने बाटो नहुँदा डोटीमा आएको मल फिर्ता

0
Shares

विमल विष्ट, डोटी ।
सुन्दा पनि अचम्म लाग्न सक्छ सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको कृषि समाग्री कम्पनीमा ठुलो ट्रक जाने बाटो नभएका कारण सयौ क्वीन्टल युरिया मल फिर्ता भएको छ । यहाँका किसानहरुका लागि भैरहवा बाट मगाईएको ६ सय ४० क्वीन्टल मल लिएर आएका तिन वटा लोड एलपी ट्रक कार्यालय सम्म पुग्न नसक्दा राजमार्गको बाटो बाटै फिर्ता भएको कृषि समाग्री कम्पनी दिपायलका प्रमुख कुम्भराज जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘किसानका लागि मल मगाएका थियौ कार्यालय सम्म आउने बाटो नहुँदा रोकिएका छन्,अब ति लोड ट्रक कैलाली जान्छन वा भैरहवा फर्किन्छन् थाहा छैन् ।’ कार्यालय सम्म ठुलो ट्रक जाने बाटो नहुँदा मल फिर्ता भएपछि स्थानिय किसानहरु मर्कामा परेका छन् । कृषि समाग्री कम्पनीमा ठुलो ट्रक जाने बाटो नभएपनि साना जिप तथा टयाक्टरहरु भने निर्बाध रुपमा चलिरहेका छन् । ठुला गाडीहरु कार्यालय सम्म जाने बाटोमा नछिरेपनि साना गाडीहरुमा मल अन्लोड गरी कार्यालय सम्म किन पु¥याईएन यो भने चासोको विषय बनेको छ ।

यति मात्र नभई दिपायलका लागि भैरहवा बाट फोरी एक डियपी तथा ४ वटा युरिया मलका गाडी लोड भएको कृषि समाग्री कम्पनी प्रमुख जोशीले बताउनु भयो । उहाँले थप भन्नु भयो ‘मल कम्पनी सम्म भित्रयाउनका लागि नगरपालिका लगायत बिभिन्न निकायमा पहल गरेको छु,दिपायल स्थित एरपोर्टको बाटोमा ग्राभेल गरेर भएपनि फिर्ता हुन लागेका गाडी भित्रयाउने कोसिस गर्दै छौ ।’ उता डोटीका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बाटो नभएकै कारण मलका गाडी फिर्ता नहुने बताउनु भयो । उहाँले भन्नु भयो ‘साना गाडीहरुमा मल अन्लोड गरेर भएपनि कार्यालयमा पुगाईन्छ,किसानका लागि आएको मल बाटो नभएर फिर्ता हुने भन्ने त सवालै उठ्दैन् ।’ कृषि सामाग्री कम्पनीमा जाने पिच सडक भएपनि सडकका बिभिन्न भागमा खाल्डा खुल्डि भएको तथा ठुला लोड गाडी धसिने भएकाले गाडी चालकले गाडी हाल्न नमान्दा यो समस्या उत्पन्न भएको बताईएको छ ।