स्यार्पुतालमा पहिलो पटक र्याप्टिङ

0
Shares

धनवीर दाहाल, रुकुम ।

रुकुमको बाँफिकोट गाउँपालीका ३ र ५ मा रहेको स्यार्पूतालमा पहिलो पटक ¥याप्टिङ संचालनमा ल्याईएको छ । पर्यटन पवद्र्धनका लागि भन्दै स्थानीय दरिभान पुरीले तालमा ¥याप्टिङ संचालनमा ल्याएका हुन् । यसअघि उक्त तालमा काठका परम्परागत डुंगा संचालनमा रहेकामा पहिलो पटक रवरको ढुंगा (¥याप्टिङ) संचालनमा ल्याईएको हो । ८ देखि १२ जना सम्मको क्षमता रहेको रबरको आधुनिक डुंगा संचालनमा ल्याईएपछि तालमा आउँने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ । उक्त डुंगामा बसेर छिटो र कम जोखिम पुर्ण रुपमा ताल सयर गर्न सकिने डुंगा संचालक दरिभान पुरीले बताए ।

यसअघि काठको परम्परागत काठको डुंगामा बस्न पनि असहजिलो हुने र जोखिम उच्च हुने गरेकामा अव त्यस्तो नहुँने उनको भनाई छ । उक्त डुंगामा बस्दा ल्याईफ ज्याकेट र हेल्मेटको व्यवस्था छ । साथै ढुंगामा आरामदायी तरिकाले बसेर ताल सयर गर्न सकिने छ । पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमको सहजिकरणमा स्थानीय पुरीले ¥याप्टिङ संचालनमा ल्याएका हुन । एक कार्यक्रमका बिच सो डुंगा उद्घाटन गरिएको हो । प्रमुख अथिती एवं निमित्त स्थानीय विकास अधिकारी चिन्तामणी दाहालले पर्यटनको आर्कषणको लागी यो महत्वपुर्ण हुने धारणा राख्नुभयो । बिशेष गरी उहाँको पहलमा रुकुम जिल्लामा पर्यटन सम्बन्धी गतिबिधि भइरहेका छन् ।

पर्यटन सुचना केन्द्रका अध्यक्ष चन्द्रबहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयहरुको सहभागिता रहेको थियो । तर सो गाँउपालिकाको वडा नं ३ र ५ का वडा अध्यक्ष सहभागि भएनन् । वडा अध्यक्षहरुलाई जानकारी हुँदा पनि उनीहरु पर्यटकिय क्षेत्रको विकासका लागी हुने कार्यक्रममा सहभागी नभएपछि स्थानीबासी चिन्ततीत भएका थिए । स्थानीय स्तरको विकासका लागी आफुहरु जे पनि गर्न तयार छौं भनेर ठुला ठुला गफ हाँक्दै भोट माग्नेहरु सुन्दर स्यार्पुतालमा डुंगा उद्घाटन जस्तो कार्यक्रमा सहभागी भएनन् । निमित्त स्थानीय विकास अधिकारी चिन्तामनी दाहालले उनीहरु सहभागी नभएपनि कार्यक्रम भब्य भएको बताए । मनबहादुर खत्री सिस्ने हिमाल चड्दा पनि जिल्ला प्रशासनले अनुमति नदिएको, प्याराग्लाइडिंगमा पनि प्रशासनले अनुमति नदिएको अवस्थामा चिन्तामनी दाहालले बिशेष पहल गरेर स्थानीय पर्यटन क्षेत्रको विकास गर्नुभएको छ ।