नयाँशक्तिका नेताहरुले पार्टी छाडे

0
Shares

धनवीर दाहाल, रुकुम । नयाँ शक्ति नेपालका दलित नेताहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् । नयाँ शक्तिसम्ब्द्ध दलित शक्ति नेपालका संयोजक सहित जिम्मेवार नेताहरुले राजीनामा दिएका हुन । उनीहरुले पनि दलित समुदायको हितका लागि कुनै काम गर्न नसकेको आरोप लगाउँदै उनीहरुले राजीनामा दिएका हुन ।

‘दलित समुदायको सार्थक सहभागिता, प्रतिनिधित्व र उनीहरुको राजनीतिक ब्यबस्थापन हुन नसक्दा नयाँ शक्ति नेपाल पनि पुरानै सामन्ती प्रवृत्तिबाट अछुतो रहन सकेन’– विज्ञप्तिमा भनिएको छ– ‘नयाँ शक्ति पनि पुरानै सामन्ती शैलीमा हिडको, राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरण र दलित समुदायका सवालहरु ओझेलमा पर्ने देखिएको हामीले आफ्ना पदबाट सामूहिक राजीनाम दिएका छौं ।

यसरी याँ शक्ति पार्टी नेपालको सबै जिम्मेवारीबाट सामुहिक राजिनामा दिनेहरुमा दलित शक्ति नेपाल केन्द्रीय समिति संयोजक सुशीला शेर्पाली, संगठन विभाग प्रमुख दिपेन्द्र बि क ‘मुस्कान’, केन्द्रीय प्रवक्ता दलमर्दन कामी, प्रचार विभाग प्रमुख गणेश बि क चिन्तन, केन्द्रीय कार्यालय सचिव महेन्द्र सुनार सुनार रहनुभएको छ । उहाँहरु सबै नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । नयाँ शक्तिको प्रचार बिभाग प्रमुखबाट राजीनामा दिनुभएका गणेश बि.क चिन्तन नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष पनि हुनुुहन्छ । उहाँ तत्कालिन जनयुद्धको बेला नेकपा एमालेको संगठित सदस्य हुनुहुन्थ्यो । त्यसपछि माओबादी शान्ति प्रक्रियामा आएपछि माओबादीमा आवद्ध हुनुहुन्थ्यो भने त्यसपछि परि थापाले नेतृत्व गरेको नेकपा माक्सवादीको नेता समेत हुनुहुन्थ्यो । त्यसपछि परि थापाको पार्टी र माओबादीबिच एकिकरण भएपछि एकिकृत माओबादी हुनुभयो । नयाँ शक्ति पार्टी गठन हुँदा नयाँ शक्तिमा आवद्ध हुनुहुन्थ्यो । उहाँका पछिल्ला फेसबुक स्टाटसहरुमा बिशेष गरी माओबादी केन्द्रप्रति झुकाव राख्ने खालका देखिएका थिए । त्यो भन्दा पनि बढी मात्रामा बर्तमान गृहमन्त्री जनार्दन शर्माको बारेमा गुणगान गाइरहेको देखिन्छ । बिज्ञप्तीमा कुन पार्टीमा प्रबेश गर्ने स्पष्ट नभएपनि उहाँहरुका गतिबिधिले माओबादी केन्द्रमा प्रबेश गर्न सक्ने कुरा स्पष्ट देखिन्छ ।