हुम्लाको तल्लो भेगमा खाद्य संकट, ढुवानी ठेकेदारले बिच बाटोमा नै बेचे अनुदानको खाद्यन्न



नेपाल समाचारपत्र,  मुगु ।
हुम्ला जिल्लाको श्रीनगर गल्वा, कालिका, जैर लगायतका गाउँ वस्तिमा खाद्यन्न संकट चुलिदै गर्दा सुर्खेत देखि जुम्लाको गोठी ज्युला भएर मुगुको खत्याड हुँदै हुम्लाको श्रीनगर पठाउनु पर्ने खाद्यन्न ठेकेदारले विच बाटोमा नै बेचेको पाईएको छ ।
वर्षा यामको अविरल झरिसंगै आफु र आफ्ना पशु चौपायाको ज्यानलाई उच्च जोखिममा राख्दै हुम्लाका स्थानिय खाद्यन्न जोहो गर्न मुगु सदरमुकाम गमगढी आउने गरेका छन् ।

हुम्ला जिल्लामा यस वर्ष खाद्यन्नको अभाव भएकोले तल्लो भेगका अधिकांश स्थानिय खाद्यन्न जोहो गर्न आफ्ना घर पालुवा भेडा बाख्रा ल्याएर मुगु आउने गरेका हुन । हुम्ला जिल्लाका लागि बाजुराबाट खाद्यान्न ढुवानी हुम्ला पु¥याउनु पर्ने भएता पनि यस वर्ष भने बाजुरामा नै चामल नभएकोले हुम्लामा खाद्यन्न अभाव भएको हो ।

हुम्ला जिल्लामा नै खाद्यन्न अभाव भएकोले पेट पाल्न र घर परिवार पाल्नका लागि दुई चार दिन हिडेर भए पनि खाद्यन्न जोहो गर्नु पर्ने बाध्यता भएको, खाद्यन्न जोहो गर्न आई पुगेका हुम्ला सर्केगाड गाउपालिका वडा नं. १ का स्थानिय धनसुर बुमिले गुनासो पोख्नु भयो । त्यस्तै हुम्लामा खाद्य संकट भएकोले वर्षा याममा भएप नि दुःख गरेर मुगुमा खद्यान्न लिन आउनु परेको अर्का स्थानिय जय बहादुर कार्कीले बताउनु भयो ।

हुम्ला जिल्ला सदरमुकाम सम्म सडक सञ्जाल विस्तार गर्ने भनि कालिकोटको जितेगाड बाट सडक निर्माण कार्य सुरु भएको छ । तर हुम्ला सदरमुकाम भने सडक सञ्जालबाट जोडिन सकेको छैन् । सुर्खेतबाट जुम्लाको गोठी ज्युला हुँदै मुगुको खत्याड गाउँ पालिकाको श्रीकोटसम्म गाडीमा र त्यहाँबाट खच्चडमा ढुवानी गरेर हुम्लाको श्रीनगरमा लिने खाद्यन्न ढुवानी ठेकेदारले खत्याडमा नै खाद्यन्न बेचेको पाईएको छ । हुम्लाको श्रीनगर पठाएको खाद्यन्न सम्बन्धित स्थानमा पुगेको तथा एक दुई बोरा ठेकेदारले बेचेर बदमासी गरेको हुन सक्ने नेपाल खाद्य संस्थान सुर्खेतका कार्यालय प्रमुख भिम थापाले बताउनु भयो ।

 

कहिले सम्म हुम्लामा सडक विस्तार हुने र त्यहाँका स्थानियले कहिले देखि बाँच्न पाउने अधिकारको प्रत्याभुत गर्न पाउलान नेपाल सरकारले कहिले हटाउला कर्णालीका यि समस्या त्यो त हेर्न बाँकि नै छ ।

किर्ते गरेर योजनाको तिन लाख रकम गायब

यसैविच हुम्ला जिल्लाकै उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाको वडा नम्बर ५ मा रहेको खानेपानीको योजनाका लागि गएको तिन लाख रकम उपभोक्ता समितिका सचिवको किर्ते सहि गरि गायब बनाईएको खुलेको छ ।

 

साविकको फोतु गाविसको ताजा गाउँमा दलित बस्तिका लागि गएको खानेपानी योजनाको तिन लाख २० हजार रकम कामै नगरि हिनामिना गरेको पाईएको हो । जिल्ला खानेपानी तथा सरसफाई कार्यालयबाट गएको उक्त योजना सञ्चालनका लागि उपभोक्ता समितिको सचिव बनेर बैंक खाता समेत खोलेको तर गाउँमा योजनाको कुनै काम नै नभई आफ्नो किर्ते सहि गरेर बैंक खाताबाट रकम झिकेर लिएको समितिका सचिव गोरी नेपालीको भनाई छ ।
दलित बस्तिका लागि गएको योजनाको कुनै कामै नगरि गैर दलित समुदायका पदम शाही, गिता शाही लगायतले आफ्नो किर्ते सहि गरेर बैंक खाताबाट रकम झिकेर लिएको नेपालीले बताईन ।

दलित बस्तिका नाममा योजना जाने तर गैर दलितहरुले मनोमानी गर्दै योजनाका विषयमा गाउँमा जानकारी नै नदिई सदरमुकाममा नै बजेट खाँदै आएको खडक नेपाली लगायतका स्थानीयवासीको भनाई छ ।
गाउँमा खानेपानीका धेरै योजनाहरु जाने भए पनि कामै नगरि रकम हिना मिना हुने गरेको छ तर खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका कर्मचारीहरुले कामै नभए पनि काम सम्पन्न भएको प्रतिवेदन कार्यालयमा बुझाउने गरेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्