कृषि बिकास बैंकका कर्मचारी २३ दिन पछि मृत फेला 

0
Shares

पर्वत  (नेस)  ।बिगत २३  दिन अघि देखि हराईरहेको फलेबास नगरपालिका ४ मुडिकुबाका दिपेन्द्र शर्मा गौडेल अन्तत मृत अबस्थामा भेटिएका छन् । कृषि बिकास बैक कुश्मा शाखामा कार्यरत गौडेलको शब स्याङजाको मिर्मी स्थित कालीगण्डकी ए जलबिद्युत केन्द्रको बाँधस्थलमा  फेला परेको हो ।

स्थानियले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । गौडेलका आफन्तले तत्काल शबको पहिचान भएपनि मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । गौडेलको शब  प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्गमा पोष्टर्माटमका लागि राखिएको छ । शब लिनका लागि आफन्तहरु पुगिसेकोे इलाका प्रहरी कार्यालय वालिङ्गले जानकारी दिएको छ । गएको  असार २१ गते साझ कार्यलयबाट घर फर्केपछि खाना खाएर सुतेका गौडेल २२ गते बिहान ४ बजेदेखि सम्पर्क बिहिन रहेका थिए ।