ज्येष्ठ नागरिक माग्ने जतिलाई भत्ता दिन सकिदैन : मन्त्री कोईराला

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
ज्येष्ठ नागकिरलाई बाँच्न पुग्ने गरि सरकारले पाउँदै आएको भत्तालाई बृद्धि गर्नुपर्ने, भत्तामा विभेदको अन्त्य गर्नुपर्ने, स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यबस्था गर्नुपर्ने र परिवारले अनिवार्य रुपमा आफ्ना बाबुआमाको रेखदेख गर्नु पर्नेगरि सरकारले व्यबस्था गर्न उनीहरुले माग गरेका छन् । शनिबार भक्तपुरको लोकन्थलीमा अग्रज समाज नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले जुनसुकै सरकारले पनि ज्येष्ठ नागरिकको मागलाई सम्बोधन नगर्ने र आश्वासन मात्रै दिने गरेको भन्दै रोष प्रकट गर्नुभयो ।
कार्यक्रममा महिला तथा बालवालिका मन्त्री आशा कोईरालाले माग्ने जति सबैलाई सरकारले भत्ता दिन नसक्ने बताउनुभयो बिभिन्न समूहले भत्ता माग गर्दै आएको अबस्थामा विकास बजेट काटेर भत्ता वितरण गर्न नसकिने बताउनु भयो । राज्यले ज्येष्ठ नागरिकको संरक्षणको दायित्व लिनु पर्ने औल्याउँदै उहाँले ज्येष्ठ नागरिकलाई पनि दिदै आएको भत्तामा बृद्धि गरेर दोब्बर, तेब्बर भत्ता दिनसक्ने अबस्थामा सरकार नरहेको उहाँको भनाई थियो ।

संविधानले दिएको जनताको मौलिक हक, अधिकार कार्यान्वयन गर्दै लैजान सरकारले ऐन, कानून बनाउने बताउनुभयो । ज्येष्ठ नागरिकलाई परिवार मै आदर र सम्मानका साथ रहन पाउने व्यबस्था भने गर्नु आवश्यक रहेको उहाँले औल्याउनुभयो ।त्यसअवसरमा मन्त्री कोईरालाले भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधी र पत्रकारहरुलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रले ज्येष्ठ नागरिकलाई बोझ मान्ने परिवार बढ्दै गएको अबस्थालाई रोक्न नसके भयावह हुने सक्नेमा सचेत हुनुपर्ने बताउनुभयो । त्यसअवसरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले राज्यले ज्येष्ठ नागरिकको आवश्यक मागलाई सम्बोधन गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।स्मरण रहोस् बिगत ५ बर्षदेखि अधिकारका लागि उनीहरु निरन्तर संघर्षरत छन् ।